back
NMB ad

यौनकर्मी लकडाउनका कारण तनावग्रस्त : ‘भन्छन्-अहिले खाना पनि मिलेको छैन’

Kumari bank ad

एजेन्सी । विश्वभर अत्याधिक पैसा कमाउने वेश्याहरुको जीवन लकडाउनका कारण तनावग्रस्त बनेको छ । उनीहरुलाई अहिले खाना पनि मिलेको छैन ।

दैनिकी गरी खाने पेशामा संलग्न रहेको वेश्याहरु भने लकडाउनका करण मारमा परेका छन् । सामान्य अवस्था रहेका बेला साँझ हुन वित्तिकै भिड लाग्ने र रमझम हुने ठाउँहरु भने अहिले सुनसान रहेको छ ।

पूर्वी बँगलादेशमा सम्पूर्ण वेश्यालयहरुले भने व्यापार गर्न सकेको छैन् । त्यसकारण त्यहाँ कार्यरतको जीवनमा निकै समस्या आएको छ । एकछाक खान समेत गाह्रो रहेको छ । उनीहरुको परिवारलाई समेत खान पुगेको छैन् । अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको देखिन्छ ।

विभिन्न बहानामा छल गरी ल्याइएको नोदी नाम गरेको महिलालाई उनको परिवारले पत्ता लगाएपनि वेश्यालयमा संलग्न भइसकेको कारण उनको उद्वार गरिएन र उनी यस पेशामा लाग्न बाँध्य भइन् । २५ बर्षिया महिलालाई कोरोनाका कारण आफ्नो घर समेत चलाउन धौ धौ परेको जनाएकी छिन् ।

आफू समेतलाई खानाको उपाय नभएको र आफ्नो बच्चालाई समेत काँहाबाट खाना खुवाउने भन्ने विषय बनेको छ । आफूसित तत्काल कुनै काम नभएको दुःख व्यक्त गरेकी छिन् ।

बांगलादेश सरकारले कोरोनाको रोकथामका लागी सम्पूर्ण वेश्यालयहरु बन्द गर्न निर्देशन जारी गरिसकेको छ । बांगलादेशमा भने वेश्यालय पेशा सन् २०० देखि मान्यता पाइसकेको छ ।

उनीहरुलाई मध्येनजर राखी सरकार, पुलिस र विभिन्न एनजीओहरुले सहायता गरिरहेको जनाइएको छ । तर, सरकारद्वारा गरिएको उक्त सहायता पर्याप्त नरहेको जनाइएको छ ।

१२ एकरको क्षेत्रफलमा करिब १५ सय वेश्याहरु बस्ने गर्दछ र कतीपयले वेश्यालयमा बच्चा समेत पाएको जनाइएको छ । उनीहरुको जीवन झन कठिन भएको छ ।

वेश्याहरले आफनो दैनिकी नचलाए बच्चाहरु भोकले मर्न बाध्य हुने जनाइएको छ । नोदी आफ्नो बच्चालाई आफू भन्दा पर राखी राम्रो जीवनको परिकल्पना गरिरहेकी थिइ्न । तर यो असम्भव भएको देखिन्छ ।

उक्त वेश्यालयमा देनिकी करिब तीन हजारको आसपासमा ग्राहक आउने गर्दथ्यो । उक्त क्षेत्रमा बसोवास गर्न वेश्याहरु मर्नु भन्दा पहिले नै मरेको अनुभव गरिरहेको बताएका छन् ।

यस प्रति सरकार गक्भीर हुनु पर्ने उनीहरको धारणा रहेको छ । सरकार गम्भीरता पूर्वक सरकार प्रस्तुत नभए हामी ठूलो समस्यामा पर्ने उनीहरुले बताइन् । भावानुवाद

वि.सं.२०७७ जेठ १५ बिहीवार १३:४६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...