काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाको कारण नेपालको अर्थतन्त्र प्रभावित हुने बताउनुभयो । विश्व अर्थतन्त्रसँगको अन्तरआवद्धताले नेपालको आर्थिक वृद्धिलाई पनि कमजोर बनाएको उहाँले बताउनुभयो ।
खतिवडाले उच्च आर्थिक वृद्धिको गतिलाई कोरोनाले धक्का र्पुयाएको र अर्थतन्त्रमा संकुचन आउने संकेत बताउनुभयो ।
वि.सं.२०७७ जेठ १५ बिहीवार १६:०६ मा प्रकाशित