काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८को बजेट घोषणा गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्ने जनाउनुभएको छ ।
यस कार्यक्रमबाट २ लाख रोजगारी सिर्जना गर्ने उहाँले बताउनुभयो ।
वि.सं.२०७७ जेठ १५ बिहीवार १६:२८ मा प्रकाशित