back
NMB ad

अब बैंकहरुले हरेक शाखाबाट सहुलियत ब्याजमा ऋण दिनैपर्ने

Kumari bank ad

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष सहुलियत ऋणलाई थप विस्तार गर्ने भएको छ । यसको लागि हरेक ’क’ वर्गका बैंकले हरेक शाखाबाट १० जनालाई सहुलियत ब्याजदरमा ऋण दिने र ’ख’ वर्गका बैंकले प्रतिशाखा पाँच जनालाई सहुलियतपूर्ण ऋण दिनुपर्ने बजेटमा उल्लेख छ ।

अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले सङ्घीय संसदमा बजेट प्रस्तुत गरिरहनुभएको छ । यस्तै सरकारले आउँदो आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ६७ अर्ब ५० करोड छुट्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै सामाजिक क्षेत्रमा यो रकम विनियोजन गरिएको बताउनुभयो ।

त्यसैगरी सरकारले हरेक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा केन्द्र निर्माण हुन बाँकी रहेका स्थानीय तह र वडामा केन्द्र स्थापना गरिने जानकारी दिनुभयो ।

उहाँले सरकारले हाल सञ्चालनमा रहेका सबै सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै त्यसका लागि ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १६:४५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...