कविता !
खै, कहाँ हराएछ कुन्नि, मानवता ?
मान्छे ले मान्छे नै मार्छन, खै, कहाँ देख्यो र समानता !
के, माया प्रेम गर्नु,पाप थियो र ?
थाहा छैन , एकले, अर्को मन पराउनु, किन समाजले अभिशाप देख्यो र ??
राणा फालिए, निरङ्कुश फालिए, अनि रंक भए राजा
फाल्न सकेनौ, अझै किन, विभेद को रंग छ ताजा ?
धेरै भयो सुनेको, अति भो अब त, यो जात भात को रंग भेद,
बग्ने रगत, सब को रातै हुन्छ, जान्दैन किन यो खाँटी भेद ??
यौबना देखे, नदेखिन्छ जात, न सोच्छ संस्कार,
के दोष थियो र, विचराहरुको ? ज्यानको भिख, मागी रहे, गर्दै नमस्कार !
हेर, कस्तो निष्ठुर भै दिएछ तिनको मन,
बहाना गरि, गरि बोलाएर, आखिर छाडेछन् सब लाई मारिकन !!
खै, के भन्छन, अब तिम्लाई, तिम्रा ति सन्तान ले
आफुलाई माया गर्ने, बाबा आमा, या त संझन्छन एक ज्यानमारा !
जानी जानी, मार्यौ, होकी कि तिनलाई, कुटी कुटी मार्यौ
आखिर, तिनको पनि, थिए होलान, यो समाजमा कुनै ठुलो अभिभारा !!
सक्थ्यौ नि त तिम्ले, सम्झाउन तिनलाई,
मिठो सपनी र नौलो आशा जगाएर, तार्यौ हैन, आफ्नै मनलाई !
थाहा छैन दोष, तिम्रो थियो या, तिम्रो समाज को,
जहाँ बाहुल्यता जमेको थियो, मार्ने भन्दा, कान भर्ने बैरी हरु को !!
आखिर, तिम्ले पनि, छली छली,
शिकारी ले झैँ, जालमा पारिकन, गरि छाड्यौ हैन शिकार ?
जसले, जहाँ मन लाग्यो, उही, मार्दैछ मान्छे यहाँ,
तैपनि सभा, सम्मेलनमा, ठुला ठुला कुरा, गर्दैछौ रे, खै कहाँ छ र मानवाधिकार ??
पैसा, बोल्दो रैछ यहाँ त, गर्दै, झुट को खेति
किन कोहि बोल्दैनन यहाँ, कसले कति पाएका थिए भेटि !
बाँच्छु भन्ने, झिनो आशा थियो कि तिनलाई, लुक्दै भाग्दा खेरि,
मरे नि बाबा, मरे नि आमा, भन्दैथे होला कति, पिट्दा लखेटी लखेटी !!
सोध्न मन छ ति सब लाई,
के जात, लेखेको थियो, देख्यौ र तिम्ले ?, तिनका बगेको रगतमा !
ब्यर्थै ज्यान, लियौ किन,
धिक्कार्नु पनिअब, किन तिम्लाई, खेर जान्छ शब्द मेरो फगतमा !!
घनश्याम श्रेष्ठ, काठमाडौँ
वि.सं.२०७७ जेठ १६ शुक्रवार २१:२४ मा प्रकाशित