back
NMB ad

भारतबाट गलकोट नगरपालिकामा आएकाहरुको स्वाव संकलन

Kumari bank ad

थम्मन थापा, बागलुङ । गलकोट नगरपालिकामा आज स्वाव संकलन गरिएको छ । छिमेकी मुलुक भारतबाट जेठ ११ गतेसम्म नगर प्रवेश गरेका २६ जना नागरिकको स्वाव संकलन गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

नगर भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम कम गर्दै उच्च सतर्कता अपनाउन पीसीआर परिक्षणको दायरा अगाडि बढाइएको प्रवक्ता भण्डारीको भनाई छ ।

गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटी स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका ९ जना, वडा नम्बर २ स्थित नरेठाँटी स्वास्थ्य चौकीको नयाँ भवनमा रहेको क्वारेन्टाइनका ५ जना, वडा नम्बर ३ स्थित गलकोट बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनका ५ जना, वडा नम्बर ४ स्थित खरुवा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका ६ जना र १ जना चालकको स्वाव संकलन गरिएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको र रोजगारीको सिलसिलामा भारत गएका नागरिक धमाधम फर्कन थालेको हुँदा नगर भित्र संक्रमण फैलिन नदिन क्वारेन्टाइन व्यवस्थापन सँगै कोरोना परीक्षण लाई पनि सँग सँगै अगाडि लागिएको नगर उपप्रमुख काउचाले बताउनुभयो ।

चेक जाँच गरेपछि क्वारेन्टाइनमा बसेकाहरु पनि ढुक्क हुने र परिवार र टोल छिमेकमा समेत त्रास कम हुने नगरपालिकाले विश्वास लिएको छ । स्वाव संकलनको लागि ल्याव टेक्निशियन मनोज पुन, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुवेदी सहित जनप्रतिनधिको टोली सम्बन्धित ठाउँमा पुगेको थियो । स्वाव संकलनको लागि चाहिने आवश्यक किट तथा सामग्री जनस्वास्थ्य कार्यालय बागलुङले पठाएको थियो ।

जेठ ११ गते सम्म गलकोट नगरपालिकामा प्रवेश गरी विभिन्न वडामा रहेका क्वारेन्टाइनमा रहेका नागरिकको स्वाव संकलन गरिएको हो ।
आइतबार पनि स्वाव संकलन जारी रहने बताइएको छ । भोली गलकोट नगरपालिका वडा नं ११ रिघामा जेठ १२ गते आएका १८ जनाको स्वाव संकलन गरिने जनाइएको छ ।

वि.सं.२०७७ जेठ १७ शनिवार २०:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...