back
NMB ad

बुधबारदेखि विद्यालय खुल्ने : नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु

Kumari bank ad

काठमाडौं । मुलुकका निजी विद्यालयले आउँदो बुधबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।

सरकारले नीति तथा कार्यक्रममै कोरोना १९ संक्रमण रोक्न आवश्यक सावधानी अपनाउदै विद्यालयको पठनपाठन क्रमशः शुरु गर्दै जाने उल्लेख गरे अनुसार निजी विद्यालयले भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् ।

देशभरका अधिकांश सामुदायिक विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको हुनाले सामुदायिक विद्यालय भने कहिले खुल्छन भन्ने टुङ्गो लागेको छैन ।

तर उता विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोक्न सरकारले विगत दुई महिना अघिदेखि लगाएको लकडाउनको प्रभाव पाठ्यपुस्तक छपाईमा पनि परेको छ । जसको कारण विद्यालयले कक्षा सञ्चालन गर्ने मिति घोषणा गरिसक्दा समेत पाठ्यपुस्तक छपाईको काम अझै सकिएको छैन् ।

त्यसो त अघिल्लो वर्षको बिक्रीदर अनुसार छपाईको काम भने सकिएको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । तर यो वर्ष करिब २ करोड पुस्तक छाप्ने लक्ष्य रहेको जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले जानकारी दिनुभयो ।

यो वर्ष एक करोड ९७ लाख पुस्तक छपाई गर्ने लक्ष्य अनुसार काम थालनी गरिएकोमा कोरोनाका कारण लकडाउन भई काम ठप्प हुँदा अझ १५ प्रतिशत पुस्तक छाप्न बाँकी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार कक्षा ६, ७ र ८ का पुस्तक छपाईको काम बाँकी नै छ ।

जनक शिक्षाले अहिले दैनिक १ लाख २५ हजार पुस्तक छपाई गर्दै आएको छ । आगामी १५ दिनमा सम्पूर्ण छपाईको काम सकेर विद्यार्थीको हातमा पुस्तक पुर्याउने गरी काम भइरहेको आचार्यले बताउनुभयो ।

जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्य पुस्तक छपाईको काम गर्दै आएको छ । कक्षा एकदेखि चारसम्म भने निजी क्षेत्रबाट छपाईको काम हुँदै आएको छ । (जनतासमाचारबाट)

वि.सं.२०७७ जेठ १८ आइतवार ०८:३६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...