back
NMB ad

बागमती प्रदेशमा रसुवा यसरी भयो कोरोनामुक्त

Kumari bank ad

काठमाडौं । पूर्व सावधानी अपनाएका कारण रसुवा जिल्ला हालसम्म कोभिड –१९ मुक्त भएको छ । चीनको वुहानमा कोरोना भाइरस शुरु हुना साथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गतेदेखि नेपालको उत्तरीनाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो ।

सहायक प्रजिअ सपनाकुमारी भट्टराईले सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीय बासिन्दा सचेत भएकाले रोगबाट हालसम्म जिल्ला सुरक्षित भएको बताइन् ।

रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिका, रेडक्रस, सुरक्षाअंग, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्थालगायत निकायबाट नागरिकमा जनचेतनाको कार्यक्रम, बन्दाबन्दीको पूर्णपालना, क्वारेन्टिन एवं आइसोलेशन शैंयाको तयारी तथा चिकित्सक एवं स्वास्थ्य सामग्रीको जोहो समेतले हालसम्म रसुवा कोरोना भाइरसको समस्याबाट मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए ।

जिल्ला बाहिरबाट आएका व्यक्तिको निगरानी र शंकास्पदको तुरून्तै परीक्षणले गर्दा सफल भइएको उनको जिकिर छ । क्वारेन्टिनमा हाल १९ व्यक्ति छन् ।

तीमध्ये ११ जना भारतबाट आएका छन् । जिल्ला बाहिरबाट आएका स्थानीय बासिन्दालाई क्वारेन्टिनमा राखी स्वाब परीक्षण गरेर मात्र घर पठाउने गरिएको बताइएको छ ।

वि.सं.२०७७ जेठ १८ आइतवार १५:४७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...