back
NMB ad

बागलुङ बजारमा ७० करोडको व्यवस्थित ढल निकास योजना

Kumari bank ad

बागलुङ । बागलुङ बजार क्षेत्रमा व्यवस्थित ढल निकासको कामले गति लिएको छ । बजार क्षेत्रमा रहेको अव्यवस्थित ढलको व्यवस्थापन र कालीगण्डकी नदीमा बढ्दो प्रदुषणलाई रोक्नका लागि व्यवस्थित ढल निकासको काम सुरु गरिएको हो ।

बागलुङ बजारमा व्यवस्थित ढल नभएकाले बीच–बीचमा फुट्दा बजारनै दुर्गन्धित हुने र घरमा उत्पादन भएको पानीसँगै शौचालय समेत ढलमा मिसाइदा नदी प्रदुषित भएका कारण व्यवस्थित ढल निर्माणको काम सुरु भएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

ढल व्यवस्थापनका लागि खानेपानी तथा ढल निकास विभागमार्फत बागलुङ बजारको ढल व्यवस्थापनका लागि करिब ७० करोड रुपियाँमा सम्पन्न गर्ने गरी त्रिवर्षीय योजनामा समावेश भएको नगरप्रमुख पौडेलले बताउनुभयो । ढल निकासलाई व्यवस्थित गर्ने र बागलुङ बजार क्षेत्रका सबै क्षेत्रलाई समेट्नेगरी बागलुङ नगरपालिकाले डिपिआर गर्नुपूर्व नै पटक पटक सर्वपक्षीय छलफल समेत गरेको थियो ।

सर्वपक्षीय छलफलका आधारमा नगरवासीको सुझाव सहित डिपिआर तयार भएको र सोही अनुसार चालु आर्थिक वर्षमा काम गर्नेगरी १२ करोड रुपियाँ बजेट विनियोजन भएको नगरप्रमुख पौडेलले बताउनुभयो । नेपाल सरकारमार्फत विनियोजन भएको बजेटमा बागलुङ नगरपालिकाको समेत केही प्रतिशत लगानी रहनेछ ।

ढल व्यवस्थापनका लागि बागलुङ बजारमा दुईवटा मेन लाइनमार्फत ढल नदीमा मिसाउँने गरी काम सुरु हुनेछ । बागलुङ बजारको तल्लो भेगमा उत्पादन हुने ढल खनियाघाट र माथिल्लो भेगमा उत्पादन भएको ढल कारागार मुनीको समथर भुभागमा निर्मित ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरी नदीमा मिसाइनेछ ।

बागलुङको भौगोलिक अवस्थाका आधारमा आधुनिक प्रविधिको प्रयोग गरी आयोजना सम्पन्न गरिने आयोजनाले जनाएको छ । ढल निकासको प्रमुख पाइपलाइन, शाखा लाइन, घरघरमा च्याम्बर र ट्रिटमेन्ट प्लान्ट समेत निर्माण हुनेछन् । ‘यस क्षेत्र धार्मिक पर्यटनका हिसावले महत्वपूर्ण गन्तव्यपनि हो, हिन्दु धर्मावलम्बीले सालिग्राम पाइने नदीको रुपमा पुज्ने नदी कालिगण्डकी दिनप्रतिदिन प्रदुषित हुँदै गएकाले त्यसको धार्मिक तथा महत्वलाई ख्याल गरेर शुद्ध पानी मात्र कालिगण्डकी नदीमा मिसाउने योजना बनाएका हौं ।’ नगरप्रमुख पौडेलले भन्नुभयो ।

बागलुङ नगरपालिकाले व्यवस्थित ढल निकासका लागि लामो समयदेखिको प्रयास अहिले सफल भएको नगरप्रमुख पौडेलले बताउनुभयो । बागलुङ बजार मध्यपहाडी लोकमार्गको ट्रान्जिट प्वाइन्ट भएकाले यस नगरलाई सुन्दर र समृद्ध बनाउँनका लागि ढल निकास आवश्यक रहेकाले ढल निर्माणको काम सुरु गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले तय गरेको ‘मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर समृद्ध साँस्कृतिक बागलुङ नगर’को नारालाई सार्थकता तुल्याउँनका लागि ढल निकासलाई प्राथमिकता दिएको जनाइएको छ ।

ढल निकासको प्रमुख पाइपलाइनसँग बागलुङ नगरपालिका वडा नम्बर एक, दुई, तीन र चारका बजार क्षेत्रका सबै घरमा पाइपलाइन विस्तार गरी शुद्धिकरण प्रविधि प्रयोग गरी ढल नदीमा मिसाइनेछ ।

वि.सं.२०७७ जेठ १९ सोमवार १७:३४ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...