back
NMB ad

लकडाउनमा पास लिएर होटेलमा जुवा : बैंक सञ्चालकसहित ९ व्यापारी पक्राउ, को-को हुन् ?

Kumari bank ad

काठमाडौं । लकडाउनको समयमा क्यासिनो शैलीमा होटेलमा जुवा खेलिरहेका नौ व्यापारी कमलादीस्थित एक होटलबाट पक्राउ परेका छन् ।
कमलादीस्थित गगौंर बुटिक होटेलमा जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७२० रुपैयाँसहित सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

होटेल सञ्चालक भारतीय निक्की जोगाईसहित ९ जना व्यापारीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालले बताए ।

पक्राउ पर्नेहरूमा नन्दकिशोर शर्मा, पुरुषोत्तमकुमार अग्रवाल, विमल खेतान, विमल अहोजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया र अशोककुमार अग्रवाल रहेको डिएसपी रञ्जन दाहाल जानकारी दिनुभयो।

उनीसँग दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद भएको छ । उनीहरूले तास खेलिरहेको चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको प्रहरी अनुमान छ । क्वाइन राखेर खेलाइएका कारण जुवा खाल ठूलो भएको अनुमान प्ररहीको छ ।

प्रहरीले जुवा खोलाएको कोठा शिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि नियन्त्रणमा लिइएको छ । डिएसपी दाहालका अनुसार लकडाउनमा गाडी चलाउने पाससमेत फेला परेको छ ।  होटेल सञ्चालक निक्कीले लकडाउनमा पनि होटेलमा जुवा खेलाउँदै आएको खुलेको छ । (जनतासमाचारबाट)

वि.सं.२०७७ जेठ २० मंगलवार ०८:०१ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...