काठमाडौं । काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनीहरुमध्ये २४ देखि ३२ वर्ष उमेरसम्मका ३ महिला र २८ वर्ष उमेरका एक जना पुरुष रहेको देवकोटाले जानकारी दिए । उनले उनीहरु सबै स्वास्थयकर्मी रहेको जानकारी आएको पनि बताए ।
वि.सं.२०७७ जेठ २० मंगलवार १६:३२ मा प्रकाशित