काठमाडौं । नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजनामा भारतबाहेकका मुलुकबाट स्वदेश आउने यात्रुका लागि खरिपाटी इचङ्गु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक, केएमसी दुवाकोटमा क्वारेन्टाइन तयार गर्ने उल्लेख छ ।
आपत्कालीन व्यवस्थाका लागि शहरी विकास मन्त्रालयले आवश्यक मर्मत सुधार गरी नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालीम केन्द्र ३००, इचङ्गु आवासमा ४००, मनमोहन अस्पताल ५०० र केएएमसी दुवाकोटमा ५०० क्वारेन्टिन श्यया १० दिनभित्र तयार गरी प्रयोग गर्न सक्ने अवस्थामा राख्ने कार्य योजना छ ।
वि.सं.२०७७ जेठ २० मंगलवार १९:१६ मा प्रकाशित