back
NMB ad

काेराेना संक्रमण बढ्दै गएपछि सेना परिचालनको तयारी

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सेना परिचालनको तयारी गरिरहेको छ । सरकारले संक्रमण बढेका स्थानमा सबै जिम्मेवारी सेनालाई नै दिने गरी सेना परिचालनको तयारी गरेको हो ।

गत शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा २६७ (६)अनुसार महामारीको बेला नेपाली सेना परिचालन गर्ने निर्णय गरिसकेको छ । संविधानअनुसार संकटको समयमा राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुन सक्नेछ ।

संविधानको धारा २६७ को उपधारा (६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने र सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन हुनुपर्ने उल्लेख छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले समेत शनिबार नै सेनालाई परिचालन गर्ने निर्णय गरिसकेको छ ।

सरकारले स्वदेश फर्किने नेपाली नागरिकको आइसकेपछिको व्यवस्थापनको जिम्मेवारीसमेत सेनालाई दिइसकेको छ । गत १२ जेठको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सेनालाई भारतसहित विदेशबाट ल्याइने नागरिकको व्यवस्थापनको जिम्मेवारी दिएको हो । जसअनुसार विदेशबाट आउनेहरूलाई सेनाले होल्डिङ सेन्टर हुँदै घरसम्म पुर्याउनेछन् ।

यसैगरी, क्वारेन्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन गर्ने पहिलो जिम्मेवारी सेनालाई छ भने दोस्रोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तोकिएको छ । जसमा स्थानीय तहलाई पनि राखिएको छ । सीसीएमसीले करिब ९ लाख नेपाली विदेशबाट फर्किने अनुमान गरेको छ । -राजधानी दैनिकबाट

वि.सं.२०७७ जेठ २१ बुधवार ०७:०९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...