back
NMB ad

रुकुम घटनाबारे बोल्यो नेकपा : निष्पक्ष छानविन, दोषीमाथि कारवाही र पीडितलाई राहत दिन माग

Kumari bank ad

काठमाडौं । ६ जना यूवाको ज्यान जाने गरी भएको रुकुम घटनामा ११ दिनपछि देशको प्रमुख राजनीतिक शक्ति नेकपाले औपचारिक धारणा सार्वजनिक गरेको छ ।

पार्टी महासचिव विष्णु पौडेलले बुधवार विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष छानविन, दोषीमाथि कारवाही र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

छुवाछुत विरुद्धको राष्ट्रिय दिवस पारेर नेकपाले जारी गरेको विज्ञप्तीमा छ,‘हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ ।

हाम्रो पार्टी उक्त विभत्स, त्रासदीपूर्ण र आपराधिक कूकृत्यको घोर निन्दा र भत्र्सना गर्दछ । मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ ।

शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उक्त घटनाको निष्पक्ष छानवीन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

जातीइ विभेद देखिने गंभीर घटनामासमेत औपचारिक धारणा सार्वजकिन नगरेको भन्दै नेकपाको आलोचनाई भैरहेको बेला पार्टी महासचिवले विज्ञप्ती जारी गरेका हुन् ।

विज्ञप्तीमा थप भनिएको छ, ‘संवैधानिक र कानुनी हिसाबले यति अग्रगामी परिवर्तन र उपलब्धीहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटनाहरू देखापर्नु गम्भीर चिन्ताको विषय हो । यसले हामीलाई राजनीतिक रुपमा प्राप्त उपलब्धीहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको छ । ’

नेकपाले उत्पीडित दलित समूदायमाथि दलित समूदायमाथि हुँदै आएको छुवाछुतको कूप्रथालाई जरैदेखि उन्मूलन गर्ने अभियानमा सामेल हुन सबैमा आह्वान गरेको छ ।

छुवाछुतको जस्तो अपराधमा संलग्न हुने कुनै पनि व्यक्ति पार्टीमा रहन नसक्ने नेकपाले आचारसंहिता जारी गरिसकेको जनाउँदै उनले कू–प्रथा अन्त्यका लागि सामूहिक अभियान संचालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

‘हाम्रो पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेता कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात गर्नुपर्ने र छुवाछुत जस्तो अपराधमा संलग्न व्यक्तिहरू पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको छ’ पौडेलले वक्तव्यमा भनेका छन्,‘हाम्रोे पार्टी मुलुकको संविधान, कानुन र पार्टीको विधान एवं आचारसंहिताका आधारमा यस्ता कूप्रथालाई जरैदेखि निर्मूल गर्न कृतः संकल्पित रहेको व्यहोरा जानकारी गराउँदै वास्तविक समानता र मानव गरिमा स्थापित गर्ने यस अभियानमा संलग्न हुन सम्बद्ध सबैमा आह्वान गर्दछ ।’

मंगलवार पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि विज्ञप्ती निकालेर निष्पक्ष छानविनको माग गरेका थिए । खनालले विज्ञप्ति भनेका थिए, ‘यो छानबिन न्यायिक होस्, निष्पक्ष होस्, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रहोस् र अपराधमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् । पीडितहरूलाई न्यायको अनुभूति होस् ।’

नेकपा महासचिव पौडेलले जारी गरेको विज्ञप्ति

आज जेठ २१ गते, छुवाछुत विरुद्धको राष्ट्रिय दिवस, यस उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।

छुवाछुत मानव सभ्यता विरुद्धको एउटा कलंक हो । सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपजको रुपमा रहेको यस कुप्रथाले युगौंसम्म हाम्रो समाजका श्रमजीवी वर्ग दलित समुदायलाई विभेद र उत्पीडन गर्दै आएको यथार्थ हामी सबैलाई अवगत नै छ ।

यस उत्पीडनविरुद्ध समाज सुधारक र मानवतावादीहरूले विभिन्न रुपमा आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएको इतिहाससँग पनि हामी परिचित छौँ । सबैखाले सामन्ती उत्पीडन अन्त्य गर्दै न्यायपूर्ण, समतामूलक र विभेदरहित समाजवादी समाज निर्माण गर्ने लक्ष्य लिएर गठन भएको नेपाल कम्युनिष्ट पार्टीले स्थापना कालदेखि नै यस्ता विभेदविरुद्ध अग्रपंक्तिमा रहेर सङ्घर्ष गर्दै आएको छ ।

नेपाली जनताको बलिदानी सङ्घर्षको जगमा आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपाली जनताका प्रतिनिधिहरूद्वारा जारी संविधानले मुलुकमा जातीय विभेद र छुवाछुतलगायत सबै विभेदहरूलाई अन्त्य गर्दै समानता र अविभेदको संवैधानिक प्रत्याभूति गरेको छ । संविधानमा दलित समुदायका निम्ति विशेष व्यवस्थाहरू समेत गरिएका छन् । छुवाछुत र जातीय विभेदलाई सामाजिक अपराधका रुपमा दण्डनीय बनाउने कानुनी व्यवस्था समेत गरिएका छन् ।

तर संवैधानिक र कानुनी हिसाबले यति अग्रगामी परिवर्तन र उपलब्धीहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटनाहरू देखापर्नु गम्भीर चिन्ताको विषय हो । यसले हामीलाई राजनीतिक रुपमा प्राप्त उपलब्धीहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको छ ।

हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ । हाम्रो पार्टी उक्त विभत्स, त्रासदीपूर्ण र आपराधिक कूकृत्यको घोर निन्दा र भत्र्सना गर्दछ । मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उक्त घटनाको निष्पक्ष छानवीन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

हाम्रो पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेता कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात गर्नुपर्ने र छुवाछुत जस्तो अपराधमा संलग्न व्यक्तिहरू पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको छ । हाम्रोे पार्टी मुलुकको संविधान, कानुन र पार्टीको विधान एवं आचारसंहिताका आधारमा यस्ता कूप्रथालाई जरैदेखि निर्मूल गर्न कृतः संकल्पित रहेको व्यहोरा जानकारी गराउँदै वास्तविक समानता र मानव गरिमा स्थापित गर्ने यस अभियानमा संलग्न हुन सम्बद्ध सबैमा आह्वान गर्दछ ।

विष्णुप्रसाद पौडेल
महासचिव

वि.सं.२०७७ जेठ २१ बुधवार १७:५७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...