back
NMB ad

लकडाउन भोलिदेखि खुकुलो हुँदै : के खुल्ने, के नखुल्ने ?

Kumari bank ad

कमल रिमाल । प्रदेश १ को राजधानी विराटनगरमा बिहीवार बन्दाबन्दी खुकुलो हुने भएको छ । बन्दाबन्दी शुरु भएको २ महिना १० दिनपछि आधा दिन खुल्ने गरि महानगरले निर्णय गरेको हो ।

विराटनगर महानगरले होटल, ब्युटीपार्लर र सैलुन बाहेकका सबै पसल खुल्ने जनाएपनि जिल्ला प्रशासन कार्यालय मोरङले भने असहमति जनाएको छ ।

मोरङ प्रशासनमा २१ जेठमा बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले बजार १२ बजेसम्म खोल्ने निर्णय गरेको विराटनगर महानगरका मेयर भिम पराजुलीले बताए । “होटल, ब्युटी पार्लर र सैलुन बाहेकका सबै पसल खुल्छन्, त्यसको हामी अनुगमन गर्छाै” उनले भने “गलत पाइए कारवाही गरिन्छ ।”

२० जेठमा महानगरको बैठकले गरेको निर्णयको सिफारिसका आधारमा बजार खोल्ने निर्णय भएको उनले जानकारी दिए । तर, महानगरले दाबी गरेजस्तो बजार खोल्ने निर्णय नभएको मोरङ प्रशासनले जनाएको छ । “अत्यावश्यक वस्तु पाइने पसल १० बजेसम्म खुल्दै थिए, त्यसलाई १२ बजेसम्म खोल्ने निर्णय भएको हो” सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले भने ।

उनले अध्यावश्यक वस्तु बिक्रि हुने पसल बिहान खुल्ने गरेको बताए पनि विराटनगरमा जुत्ता, कपडा, इलेक्ट्रोनिक्सका पसलहरू पनि बिहानको समयमा खुल्ने गरेका छन् । समितिको २१ जेठमा बसेको बैठकबाट स्थानीयको मागलाई ध्यानमा राखेर प्रशासनबाट बजार खोल्ने निर्णय भएको मेयर पराजुलीले बताए ।

भारत खुल्ला भएपछि नेपाल प्रवेश गर्ने प्रदेश १ को मुख्यद्धार विराटनगर भएकाले बजार खुल्ला गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने स्थानीयको गुनासो छ । जिल्ला प्रशासन कार्यालयबाट बजार खुल्ने निर्णय नभएको जानकारी आएको बारे मेयर पराजुलीले भने, “संघीय सरकारको कार्यालय भएकाले यस्तो निर्णय प्रशासनले सार्वजनिक नगरेको हो ।” -हिमाल खबरबाट

वि.सं.२०७७ जेठ २१ बुधवार २१:३३ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...