back
NMB ad

कोरोना अपडेट : नेपालमा थपिए ७२८ जना कोरोना संक्रमित

Kumari bank ad

काठमाडौं । पछिल्लो तीन दिनमा नेपालमा ७२८ जना कोरोनाभाइरस संक्रमितका नयाँ बिरामी फेला परेका छन् । सोमबार, मंगलबार र बुधबार नयाँ संक्रमित ह्वात्तै थपिएका हुन् ।

गत सोमबार पहिलोपटक एकै दिन २०० भन्दा बढीको संख्यामा नयाँ संक्रमित भेटिएका थिए । त्यस यता हरेक दिन २०० भन्दा बढी संक्रमित भेटिएका छन् । मंगलबार अहिलेसम्मकै बढी २८८ संक्रमित भेटिएका छन् ।

नेपालमा कूल संक्रमितको संख्या दुई हजार ३०० पुगेको छ । तीमध्ये २७८ जना निको भएका छन् भने नौ जनाको मृत्यु भएको छ । अहिले उपचाररत संक्रमितको संख्या दुई हजार १३ छ ।

संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा बेड अभाव हुन थालेको छ । सरकारले अब गम्भीर बिरामी परेका बाहेक अन्य संक्रमितलाई घरैमा राखेर उपचार गर्ने गरी निर्देशिका जारी गरीसकेको छ ।

कोरोना संक्रमित भएर लक्षण नदेखिएमा अबदेखि घरमै बस्नुपर्ने गरी निर्देशिका जारी भएको हो । लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकालाई अस्पतालमा राख्दा गम्भीर बिरामीहरूलाई उपचार गर्न अप्ठेरो हुनसक्ने भन्दै सरकारले निर्देशिका जारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९ आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ अस्पतालमा आइसोलेसन र घरमा आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुरालाई उल्लेख गरिएको छ ।

नेपालमा ३ फागुनमा कोरोना संक्रमित पहिलो व्यक्ति फेला परेका थिए । त्यस यता ८३ दिनमा मात्र संक्रमितको संख्या १०० पुगेको थियो भने ९८ दिनमा ५०० पुगेको थियो । तर, ५०० पुगेको ६ दिनमा नै संक्रमित संख्या एक हजार नाघेको थियो । त्यसपछि तीव्र गतिमा संक्रमितहरु बढिरहेका छन् ।

वि.सं.२०७७ जेठ २२ बिहीवार ०८:५८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...