सुशिल पौडेल, काठमाडौं । आज थप यति जनामा कोरोना संक्रमण, थप १ को कोरोनाकोको कारण मृत्यु ” यि र यस्तै वाक्य सुन्नु आजको नियती हो, संख्या जती नै रहोस हरेक दिन संक्रमित र मृत्यु हुनेको संख्या बढेको नै छ ।
यो पक्ति लेख्दै गर्दा सम्म नेपालमा मात्र संक्रमितको संख्या २३०० नाघिसकेको छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । देश पुर्णतया बन्दाबन्दिको अबस्थामा छ भने अर्थव्यवश्था डाटामा मात्र सिमित देखिन्छ ।
विश्वकै ठुलो अर्थतन्त्र भएको भनिएको मुलुकहरु अमेरिका, चिन, इटाली, जर्मन, स्पेन जस्ता मुलुकको अर्थतन्त्र कमजोर हुदै गएको आफुहरु कोरोना सँग हारेको (चिन बाहेक) स्विकार गरिसकेको अवश्था छ ।
यहि अकल्पनीय कोरोना भाइरसको महामारीको कारण लघुवित्त क्षेत्रको विभिन्न पक्ष (कार्यक्रम विस्तार, असुली, कर्मचारी) मा परेको प्रभावलाई प्रष्ट पार्न खोजिएको छ ।
परिचय
सन् १९७६ मा मोहमद युनिसले बग्लादेशबाट सुरु गरेको लघुवित्त प्रणाली नेपालमा वि.स. २०४८ मा छिमेक समाज, निर्धन उत्थान वि.स. २०५० मा डिप्रोक्स नेपाल, पुर्वाञ्चल ग्रामिण विकास(जुन तत्कालीन ५ ओटै विकास क्षेत्रमा स्थापना पश्चात मर्ज भई हाल ग्रामिण लघुवित्त वित्तीय संस्थाको नाम बाट परिचित छ ) को स्थापना भयो यि सबै वर्तमान अवस्थामा लघुवित्त वित्तीय संस्थाको रुपमा परिचित छन् ।राष्टिय लघुवित्त निति २०६४ अनुसार ”लघुवित्त भन्नाले लघुबचत, लघुकर्जा बीमा÷लघुकर्जा सुरक्षण तथा बिप्रेशण जस्ता माध्यमबाट बिपन्न बर्गका समुदायलाई स्वरोजगारमा अवसरहरु दिलाई तिनिहरुको उद्यमशिलताको विकास गरि आयआर्जन क्रियाकलापमा संलग्न गराउन सहयोग पुर्याउने वित्तीय सेवालाई जनाउदछ ।”
लघुवित्त क्षेत्रमा परेको प्रभाब
कार्यक्रम विस्तार
लघुवित्त वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट बैकको २०७६ पुष अन्त्य सम्मको तथ्याङकलाई हेर्ने हो भने ९० ओटा लघुवित्त संस्थाले ४५ लाख ८० हजार विपन्न वर्गलाई प्रत्यक्ष बैंकिङ सेवा दिईरहेको देखिन्छ ।
कुल सदस्यको करिब ६१ प्रतिशत अर्थात २८ लाख ३ हजार ऋणी सदस्य रहेका छन् भने सदस्यहरुलाई २ खर्व ५६ अरब ३० करोड लगानी गरि ९८ अरब ७५ करोड निक्षेप संकलन गरेको छ । सामान्यतया लघुवित्तको काम कार्यालयमा कम समुदायमा बढि हुने गर्दछ ।
२०७६ चैत्र ११ गते देखि हाल सम्म जारि रहेको बन्दा बन्दीको कारण लघुवित्त वित्तीय संस्थाले कर्जा लगानी, समुह निर्माण, सदस्य थप र निक्षेप संकलन जस्ता नियमित कार्यक्रमलाई थप विस्तार गर्न सकेका छैनन् । सदस्यहरुको दोहोरोपना बाट समस्या भोगीरहेको लघुवित्त क्षेत्रले बन्दाबन्दीको कारण चैत्र ११ गते अगाडीकै अबश्थामा रहेको सजिलै बुझ्न सकिन्छ ।
असुली
लघुवित्त वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट बैकको २०७६ पुष अन्त्य सम्मको तथ्याङक अनुसार लघुवित्त वित्तीय संस्था मार्फत २८ लाख ३ हजार ऋणी सदस्य रहेका छन् भने ति ऋणी सदस्यहरुलाई २ खर्व ५६ अरब ३० करोड लगानीमा रहेको रकम देखिन्छ । अप्रत्यासित रुपमा फैलिएको कोरोना भाईरसको कारण सबै भन्दा बढी प्रभाब कर्जाको असुली प्रक्रियामा परेको छ ।
बन्दाबन्दीको कारण सदस्यहरुको आम्दानीमा आएको गिरावट, कर्मचारीहरु सहज रुपमा कार्यालय बाहीर निस्कन नसक्ने अबश्था र सदस्यहरु कार्यालय सम्म आएर कर्जाको किस्ता तिर्न सक्ने अबश्था नहुनुले असुलि प्रक्रिया ठप्प प्राय छ ।
बन्दा बन्दीको असरको कारण नेपाल राष्ट बैकले पनि मिति २०७७।०१।१६ मा परिपत्र जारी गर्दै ”२०७७ बैशाख तथा जेठ महिनामा असुल हुनुपर्ने मासिक÷त्रयमासीक किस्ताहरुको भुक्तानी २०७७ असार मसान्ता सम्ममा हुने व्यवश्था मिलाउनु पर्नेछ ” भन्ने निर्देशन जारि गरेको छ । कोरोना भाईरसको महामारीले कुन रुप लिन्छ अझै स्पष्ट नभएको र संक्रमण थप फैलनुले असुलि प्रक्रिया कहिले देखि र कसरि भन्ने अन्यौल लघुवित्त क्षेत्रमा रहेको छ ।
कर्मचारी
जिवन्त संस्थाहरुमा कर्मचारी लाई संस्थाको मेरुढण्डको रुपमा लिईन्छ । लघुवित्त गतिशिल बैकिंङ प्रणली पनि हो । पुरानो भनाई सम्झने हो भने लघुवित्त क्रायक्रममा कर्मचारीले बैक लाई झोलामा बोकोर समुदायमा गई विपन्न वर्ग लाई सेवा दिने गर्दछन ।
कोरोना भाईरसको बढुदो संक्रमणको कारण नेपाल सरकारले बन्दा बन्दीको घोषणा गरे पनि यसको उच्च जोखिममा लघुवित्तको कर्मचारी रहेका छन् ।
राष्ट बैकको थोरै कर्मचारीले वित्तीय संस्था खोल्ने निर्देशन दिए पनि अन्य कार्यक्रम विस्तार हुन नसकेतापनि सदस्यहरुको बचत फिर्ता गर्ने दर बढि हुनु र बचत फिर्ताको लागी लघुवित्त वित्तीय संस्थाहरु सँग डिजिटल प्रविधी नहुनुले धैरै जनसम्पर्कको कारण लघुवित्त कर्मी बढि असुरक्षित महशुस गरिरहेका छन ।
साथै संस्थाको खर्चको धैरै हिस्सा कर्मचारी को तलब भत्तामा खर्च हुने गरेको देखिन्छ । कार्यक्रम विस्तारको अबश्था नरहेको र संस्थाको आम्दानीको श्रोत (लगानीमा रहेको कर्जा रकम)को व्याज असुलि हुन नसकेकाले हाल लघुवित्त वित्तीय संस्थाको आम्दानी शुन्य प्राय रहेको छ । कतिपय संस्थाहरु कर्मचारी कटौती गरि खर्च घटाउने होडमा लागेको देखिन्छ ।
विभिन्न वित्तीय संस्थाले कर्मचारी कटौती भन्ने स्पष्ट शब्द नराखी कर्मचारीलाई घर फर्काएको दुखेसो विभिन्न अनलाइन मिडियामा सार्वजानिक भैसकेको छ । भोली जागिर रहने वा नरहने भन्ने दोधारको कारण कर्मचारीहरुमा मानसिक तनाब पनि सुरु भएको छ ।
अबको बाटो
कोरोना संक्रमण जति धैरै फैलिएपनि सधैभरि बन्दा बन्दीले देश, समाज, संस्था र व्यक्ती चल्न सक्दैन । कुनै पनि हालतमा देश, समाज, संस्था र व्यक्ती सामान्य अवश्थामा फर्कनै पर्छ र फर्कन्छ पनि ।
संस्थालाई फेरि पनि एउटा गतिमा डोहोराउनै पर्छ । लघुवित्त क्षेत्रलाई फेरि विपन्न वर्गको बैंकको रुपमा प्रमाणित गर्ने दायित्व हाम्रो काधमा आएको छ । समस्या जो कोहीलाई छ समस्याको नाममा कर्मचारीको मनोबल गिराउने होइन बढाउने पर्ने दायीत्व सरोकारवालाहरुको हो र त्यो जरुरि पनि छ ।
यदि लघुवित्त क्षेत्रको दक्ष जन शक्तिलाई समस्याको निहुमा घर फर्काउने हो भने भोली सामान्य जनजिवनमा फर्किए पछि संस्थाहरुको कार्यक्रम विस्तार र असुलि पक्रियाा समस्या पर्ने देखिन्छ ।
असुलिको लागी नियमित सदस्यहरुको सम्पर्क रहन कर्मचारी प्रोत्साहन गर्नु जरुरि छ । लगानी र असुलीको लागी मात्र होइन सामाजिक उत्तरदायीत्वको लागी पनि लघुवित्त छ भन्ने प्रमाणीत गर्न जरुरी छ । कार्यक्रम विस्तारको लागी समाजिक रुपमा जिम्मेवार रहेको प्रमाणीत गर्न जरुरि रहेको छ ।
वि.सं.२०७७ जेठ २२ बिहीवार १३:२७ मा प्रकाशित