back
NMB ad

लकडाउन थप कडाइ गर्न उपत्यकाका प्रजिअको निर्देशन, यस्तो भयो निर्णय

Kumari bank ad

काठमाडौं । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकार (प्रजिअ) ले लकडाउनको कडाइका साथ पालना गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् ।

लकडाउन उलङ्घन गर्ने क्रम बढेपछि बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रजिअहरूको बैठक बसेको थियो । बैठकले सरकारले जेठ ३२ गतेसम्म कायम गरेको लकडाउनलाई कडाइका साzथ पालना गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

“सरकारले ३२ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सरकारको निर्देशनको अवज्ञा गर्ने छुट कसैलाई छैन । लकडाउन खुकुलो बनाउने अधिकार हामीलाई छैन,” उनले बैठकको निष्कर्ष सुनाउँदै भने, “सरकारले तोकेको अवधिसम्म लकडाउनको पालना सबैले गर्नुपर्छ ।

सरकारको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो सामूहिक निकर्ष हो,” उनले भने । उपत्यकामा सङ्क्रमणको जोखिम बढेकाले लकडाउन उलङ्घनमा कडाइलाई कायमै राखिने बताए । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि सरकारको निर्देशनअनुसारै लकडाउनलाई पालना गरिने बताइन् ।

“हामी छलफलमै छौं । लकडाउनका सन्दर्भमा पीएमसीले निर्णय गर्ने कुरा होइन । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी) ले नै निर्णय गर्छ । अहिलेको अवस्थामा लकडाउनको पालना हुनुपर्छ,” उनले भनिन् ।

उपत्यकाका प्रजिअहरूले लकडाउनलाई अहिलेकै अवस्थामा पालना गराउने निष्कर्ष निकाले पनि आजै अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीमा केही हेरफेर गर्ने सङ्केत मिलेको छ ।

लकडाउनको अवधि निरन्तर बढाइपछि आक्रान्त बनेका व्यापारी–व्यवसायीहरूले स्वतस्फूर्त अवज्ञा गर्न थालेका छन् । उपत्यकाका धेरै स्थानमा पसलहरू खुलेका छन् । सवारी र मानिसहरूको आवागमनमा पनि वृद्धि भएको छ । -बाह्रखरीबाट

वि.सं.२०७७ जेठ २२ बिहीवार १४:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...