back
NMB ad

क्वारेन्टाइनमा बस्‍ने नागरिकलाई दैनिक पाँच सय भत्ता दिने

Kumari bank ad

सिमकोट । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको सर्केगार्ड गाउँपालिकाले जिल्ला बाहिरबाट उद्धार गरि क्वारेन्टिनमा बस्ने नागरिकलाई दैनिक पाँच सय रुपियाँ भत्ता दिने भएको छ ।

बिहिीबार बसेको गाउँ कार्यपालिकाको बैठकले हालसम्म गाउँपालिकामा जिल्ला बाहिरबाट उद्धार गरि ल्याएर क्वारेन्टिनमा बसेका सबै नागरिकलाई सो भत्ता दिने निर्णय गरेको हो ।

क्वारेन्टिनमा बस्दै आएका नागरिक र नागरिक समाजबाट जिल्ला बाहिरबाट उद्धार गरि आएका नागरिकहरुलाई क्वारेन्टिन भत्ताको व्यवस्था गर्नु पर्ने माग आएपछि गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले दैनिक १४ दिनका लागि पाँच सय रुपियाँ भत्ता दिने निर्णय गरेको वडा नम्बर ५ का अध्यक्ष एबं गाउँपालिकाका प्रबक्ता कर्णजंग शाहीले बताए ।

उद्धार गरी आएका नागरिकलाई खाना खर्चमा सहयोग पुर्याउन गाउँपालिकाले सहयोग गरेको हो। हान क्वारेन्टिनमा रहेकाहरुलाई सम्बन्धित व्यक्तिको घरबाट खाना बस्नको ब्यबस्था गरिदै आएको छ।

गाउँपालिकामा प्रबेश गर्ने नागरिकहरुलाई सम्बन्धित वडाले क्वारेन्टिनको ब्यबस्था गरि राख्दै आएको छ।केही दिन अगाडी काठमाडौं, नेपालगंज र सुर्खेतबाट आएका २२४ जना नागरिक हाल क्वारेन्टिनमा रहदै आएका छन्।

गत बैशाखयता हालसम्म सर्केगार्ड गाउँपालिकामा ३८५ जना नागरिकहरुको उद्धार गरिएको छ। सबै नागरिकलाई क्वारेन्टिन भत्ता दिन उक्त गाउँपालिकाले २६ लाख ९५ हजार रुपियाँ खर्च गर्ने प्रबक्ता शाहीले बताए ।

उक्त पैसा तत्काल निकासा गरेर बितरण गरिने भएको छ। यसअघि पनि उक्त गाउँपालिकाले जिल्ला बारिह रहदै आएका गाउँपालिकाका सबै नागरिकहरुलाई प्रतिब्यक्ति दुई हजार रुपियाँ आर्थिक सहयोग गरेको थियो । -देश सञ्चारबाट

वि.सं.२०७७ जेठ २२ बिहीवार १९:०९ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...