back
NMB ad

बजार खोल्न दिने निर्णय ! (सूचना सहित)

Kumari bank ad

रौतहट । लकडाउनको कारण व्यापारी र उपभोक्ता दुबै पक्षलाई भइरहेको कठिनाइलाई मध्यनजर गर्दै शुक्रबारदेखि रौतहटका व्यापार व्यवसाय खोल्ने निर्णय भएको छ ।

कोभिड–१९ अर्थात कोरोाना भाइरसको जोखिमका बीच स्थानीय प्रशासनले शुक्रबारदेखि रौतहटका सबैखाले व्यापार व्यवसाय संचालन गर्न निर्णय गरेको हो । तर त्यसका लागि सम्बन्धितले केही सर्त भने पालना गर्नुपर्नेछ ।

बिहीबार जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा सिडिओ बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले औषधि पसल २४ सै घन्टा खुल्न दिने निर्णय गरेको छ भने बैंक तथा वित्तीय संस्था दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

बैठकमा सहभागी रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले खाद्यान, किराना पसल तथा गैरखाद्यान पसल पनि एक एकदिन बिराएर आलोपालो बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खोल्ने निर्णय गरिएको बताए ।

उपरोक्त व्यवसाय सञ्चालन गर्न सर्तहरु अनिवार्य पालना गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । जसअनुसार मालसामान खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुुन नदिने, कम्तीमा ३ फिटको दुरी कायम गर्नुपर्ने, लाइन व्यवस्था गर्ने जिम्मेवारी सञ्चालक तथा सेवा प्रदायक संस्थाको हुने सर्त राखिएको छ ।

यस्तै व्यवसायी तथा ग्राहकले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थामा सेनिटाइजर र हातधुन साबुन पानीको अनिवार्य गर्नु पर्ने पनि सर्त राखिएको छ ।

व्यवसाय संचालन तथा मालसामान खरिद गर्न जाँदा सवारी साधनको प्रयोग गर्न नपाइने पनि प्रशासनले जनाएको छ । तर, बैंक बित्तीय संस्था तथा औषधिपसल जस्ता अति आवश्यक सेवा सञ्चालन गर्न भने सवारी साधनको प्रयोग गर्नु परेमा तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पाइने निर्णय गरिएको छ ।

सर्त पालना भए नभएको अनुगमन गर्न रौतहट उद्योग बाणिज्य संघले व्यवसायीहरुको संलग्नतामा एउटा समिति समेत बनाएको बताइएको छ ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १९:२६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...