back
NMB ad

यस्तो छ लकडाउन खुलाउने मापदण्ड

Kumari bank ad

काठमाडौं । सरकारले विगत ११ चैतदेखि जारी राख्दै आएको लकडाउन चरणबद्ध रूपमा खुकुलो बनाउन आवश्यक पर्ने मापदण्ड तयारीको कामलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैं विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला व्यक्तिस“ग छलफल र परामर्शमा व्यस्त छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि छलफल परामर्शका साथै खुकुलो बनाउने मापदण्ड तयारीको काम तीव्र रूपमा गरिरहेको जनाएको छ ।

उच्चस्तरीय समन्वय समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायस“गको छलफल र परामर्शस“गै २५ जेठदेखि नै लकडाउन खुकुलो बनाउने गरी प्रतिवेदन प्रस्ताव तय गरेको छ ।

उच्चस्तरीय समितिको प्रस्तावअनुसार १ सयभन्दा कम सक्रिय संक्रमित केस रहेका जिल्लामा २५ जेठदेखि छोटो दूरीको सार्वजनिक बस सञ्चालन गर्न दिने प्रस्ताव गरिएको छ भने १ असारदेखि लामो दूरीको बस सञ्चालन गर्न दिने प्रस्ताव छ ।

समितिले कोरोना भाइरसका सयभन्दा कम सक्रिय केस भएका जिल्लामा छोटो दूरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको हो ।
यसरी सवारीसाधन सञ्चालन गर्दा सवारीसाधनको क्षमताभन्दा आधा मात्र यात्रु एकपटकमा राख्न पाइने प्रस्तावमा उल्लेख छ ।

समितिले सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा कार्यालयको कामस“ग सम्बन्धित सवारीसाधन सञ्चालन गर्न दिने प्रस्ताव तय गरेको छ भने त्यस्तो सवारी दुईपांग्रे भएमा चालक मात्र बस्न पाइने नियममा उल्लेख छ ।

समितिले २५ जेठदेखि दैनिक उपभोग्य सामग्रीबाहेक अन्य सामग्री बिक्री हुने पसल तथा डिपार्टमेन्टल स्टोरहरु, कपाल काट्ने सैलुन, अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु खोल्न अनुमति दिने प्रस्ताव गरेको छ ।

यस्तै, समितिले आगामी १ असारबाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दूरीमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्ने पनि प्रस्ताव गरेको छ । १ असारदेखि आधा यात्रुहरु मात्र चढाउने गरी आन्तरिक हवाई सेवासमेत सञ्चालन गर्न सकिने प्रस्तावमा उल्लेख छ ।

यस्तै, १ असारदेखि सबै प्रकारका उद्योग व्यवसाय, धार्मिक स्थलहरु, निश्चित समय तोकी मदिराजन्य पदार्थ बिक्री तथा वितरण गर्ने पसल र सपिङ पलहरु खोल्न दिने प्रस्तावमा उल्लेख छ ।

उच्चस्तरीय समितिको सो प्रस्ताव कोरोना संक्रमणको सयभन्दा बढी केसहरु भएका जिल्लामा भने लागू नहुने उल्लेख छ ।समितिको सो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको खण्डमा २५ जेठदेखि मापदण्डभित्र परेका जिल्लामा सवारीसाधन सञ्चालन गर्न सकिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने मापदण्ड तय गर्ने जिम्मेवारी कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई दिएको थियो ।

लगातार लकडाउनका कारण चौतर्फी रूपमा विकल्प खोजिनुपर्ने आवाज उठेसँगै सरकारलाई दबाब परेको छ । अर्कातर्फ कोरोना संक्रमितको संख्यासमेत दिनदिनै बढिरहेको छ । -राजधानी दैनिकबाट

वि.सं.२०७७ जेठ २४ शनिवार १०:०९ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...