back
NMB ad

एसईई र ११ कक्षाको परीक्षाका लागि तीन विकल्प तयार

Kumari bank ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको कारण स्थगित एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न तीन विकल्प तयार गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि एक साताभित्र परीक्षाको मिति तय गर्ने भनिरहँदा तीन विकल्प तयार भएको हो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, स्थानीय तह र विज्ञसहितको रायको आधारमा तीन विकल्प तयार पारिएको हो ।

सरकारले तयार गरेको पहिलो विकल्पका रूपमा प्रदेश सरकारले परीक्षा सञ्चालन गर्ने, दोस्रो स्थानीय तह र तेस्रो विकल्पका रूपमा आन्तरिक मूल्यांकनको आधारमा लब्धाङ्कपत्र उपलब्ध गराउने रहेको छ ।

मन्त्रालयले यो विकल्प एसईई र कक्षा ११ मा मात्र लागू हुने बताएको छ । विद्यालय तहको कक्षा १२ को अन्तिम परीक्षाको कक्षा १२ को बोर्ड परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने गरी विकल्प तयार गरिएको छ । लकडाउनका कारण परीक्षा स्थगित भएपछि झन्डै १४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सबै विकल्पको विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै सरोकारवालासँग सल्लाह गरेर विभिन्न विकल्पका बारेमा छलफल गरिरहेका छौं, कुन विकल्प उचित हुन्छ सोहीअनुसार परीक्षा लिने गरी तयारी गर्नेछौं ।’

सरकारले तयार गरेको विकल्पमध्ये आन्तरिक मूल्यांकनको आधारमा लब्धाङ्कपत्र दिने विषय व्यावहारिक नदेखिने विज्ञहरू बताउँछन् । आन्तरिक मूल्यांकन कसरी गर्ने भन्ने विषय नै अन्योल छ । यही अवस्था भए एसईई र कक्षा ११ को परीक्षाको नम्बर विद्यार्थीको अनुहार हेरेर दिइने सम्भावना बढी रहेको बताइएको छ । यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।

वि.सं.२०७७ जेठ २६ सोमवार ०७:४९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...