back
NMB ad

नेपाल बिरोधी भारतीय पत्रकारमाथि फेरि अर्को मुद्दा

Kumari bank ad

काठमाडौं । भारतीय रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक तथा कार्यक्रम प्रस्तोता अर्नव गोस्वामीबिरुद्ध फेरि अर्को मुद्दा लाग्ने भएको छ।

भारतको केबल टिभि ऐनबमोजिम गोस्वामीलाई साम्प्रदायिक घृणा,धार्मिक ध्रुवीकरण र राष्ट्रिय अखण्डता बिरोधी कार्यक्रम सञ्चालन गरेको आरोप लगाइएको छ ।

सामाजिक अभियन्ता निलेश नवलखाले टिभि ऐनको दफा २ अन्तर्गत पुनेको पुलिस आयुक्तसमक्ष गत महिना जाहेरी हालेपछि केही समयदेखि नेपाल र नेपाली जनताबिरुद्ध अफवाह फैलाउँदै आएका अर्नवले अब नयाँ आरोपको सामना गर्नुपर्ने भएको हो । उनलाई यसअघि पनि महाराष्ट्र प्रहरीले यस्तै आरोपमा चलाएको अर्को मुद्दा विचाराधीन छ ।

नवलखाको जाहेरीमा लेखिएको छ ‘गोस्वामीले प्रस्तुत गरेका हालैका केही बहस कार्यक्रममा प्रयुक्त भाषाले सामाजिक सद्भाव बिथोल्न र साम्प्रदायिक घृणा फैलाउन मलजल गरेकोले त्यस्ता शब्द प्रयोग नगर्न आग्रह गर्यौं । तर,उनले साम्प्रदायिक तर्क र शव्दहरूलाई आफ्ना कार्यक्रमहरूमा निरन्तरता दिइरहे । साम्प्रदायिक र धार्मिक सहिष्णुताका अर्धसत्य सूचनामा आधारित कार्यक्रम निरन्तर प्रशारण गरेकाले कारबाहीको माग गरेका छौं ।’

सामाजिक अभियन्ता नवलखा भन्छन् ‘गोस्वामी र उनको च्यानलले अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग गरेपछि स्वतन्त्र सञ्चारमाध्यमको सामुन्ने गम्भीर खतरा उत्पन्न भएको छ । यसबाट उल्टै दर्शकहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको छ । सत्य,तथ्यसहितको पूर्णसूचना र समाचार पाउने दर्शकहरूको सबैभन्दा ठूलो अधिकार नै हो ।’

जाहेरीमा ‘गोस्वामी र उनको च्यानलले दर्शकहरूको ‘ब्रेन वास’ को काम गर्दै आइरहेको’ उल्लेख गर्दै यसबाट कालान्तरमा तिनीहरूमध्ये केही आफ्नै समुदायलाई घृणा गर्ने र केही धार्मिक अतिवादी हुँदै आतंकवादीमा परिणत हुनसक्नेतर्फ’ औंल्याईंएको छ ।

अहिले गोस्वामी र रिपब्लिक टेलिभिजनले प्रस्तुत गरिरहेको कार्यक्रम दर्शकलाई एउटा कट्टरपन्थी आतंकवादी सोच विकास गर्ने प्रक्रियाको निम्ति संगठित अपराधको सिण्डिकेटतर्फ अग्रसर गराएसरह हो भनिएको छ ।

नवलखाले दाबी गर्दै भनेका छन् ‘गोस्वामीले टिभि ऐन (सीटीएनआरए) अन्तर्गत कार्यक्रम संहिताको घोर उल्लंघन गरेका छन् । रिपब्लिक टेलिभिजन मुलुकको सार्वभौमिकता,अखण्डता र राष्ट्रिय सुरक्षाका साथै सार्वजनिक व्यवस्था,शिष्टता र नैतिकताको बिरूद्ध देखिएकोले यसलाई गम्भीर अपराधको मुद्दासरह लिनुपर्ने छ ।’ पछिल्लो मुद्दामा गोस्वामीलाई बढीमा दुई वर्षको जेल सजायसमेत हुनसक्नेछ ।

वि.सं.२०७७ जेठ २६ सोमवार १३:०९ मा प्रकाशित

You can share this post!

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...