back
NMB ad

एनएमबि बैंकले कञ्चन डेभलपमेण्टलाई प्राप्ति गर्न गर्‍यो अन्तिम सम्झौता: साउनभित्र एकीकृत कारोबार गर्ने

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्नका लागि अन्तिम सम्झौता सम्पन्न गरेको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सूचना जारी गरि जेठ २५ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको जानकारी दिएको हो ।

यस अघि गत माघ २६ गते यी दुई बैंक बीच पहिलो सम्झौता भएको थियो । गत असोज ११ गतेदेखि ओम डेभलपमेण्ट बैंकसँग एकीकृत कारोबार गरेको एनएमबिले कञ्चनको १०० कित्ता शेयर बराबर आफ्नो ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरि प्राप्ति गर्ने सम्झौता गरेको कञ्चन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैसीले जानकारी दिए ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा मुख्य कार्यालय रहेको ‘ख’ वर्गको कञ्चन डेभलपमेण्ट बैंकले शेयरधनीहरुको हितलाई ध्यानमा राख्दै वाणिज्य बैकहरुमा राम्रो व्यवसाय गर्न सफल एनएमबिमा विलय हुने गरी सम्झौता गरेको उनले बताए ।

अन्तिम सम्झौता पश्चात नेपाल राष्ट्र बैंक र बैंकहरुले पनि साधारण सभा मार्फत पारित गर्नुपर्ने भएकाले सो बमोHowdy, Arthatantraजिम काम सम्पन्न भए आगामी साउन भित्र एकीकृत कारोबार गर्ने योजना रहेको समेत उनले बताए ।

यस अघि ओम डेभलपमेण्ट बैैंकको १०० कित्ता शेयर बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर आदानप्रदान गरि एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंक मर्जरमा गएका थिए ।

ओमलाई मर्जर गरेपछि वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश यस वर्ष एनएमबि बैंकले दिएको छ । उक्त कम्पनीले २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश दिएको हो ।

हाल उक्त कम्पनीको चुक्तापूँजी रु. १३ अर्ब ९५ करोड ९ लाखभन्दा बढी रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उक्त कम्पनीले रु.१ अर्ब ८८ करोड ३२ लाख खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रु.५८ करोड ७७ लाख रहेको छ ।

उता, कञ्चन डेभलपमेण्ट बैंकको चुक्तापूँजी रु. ५८ करोड ४४ लाख ३० हजार छ । यस वर्ष १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश कञ्चनले दिएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सो कम्पनीले रु. ६ करोड ८९ लाख ३० हजार खुद नाफा गरेको छ ।

यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रु. १ करोड ५ लाख २ हजार छ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडाकोष रकम रु. १५ करोड ४० लाख २ हजार र एनएमबि  बैंकको रु. ६ अर्ब ३३ करोडभन्दा बढी रहेको छ ।

वि.सं.२०७७ जेठ २६ सोमवार १४:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...