back
NMB ad

ठूला करदाता कार्यालयले उठायो तीन दिनमा ४ अर्ब राजस्व, यी हुन् कर बुझाउने ठूला कम्पनी

Kumari bank ad

काठमाडौं । ठूला करदाता कार्यालयले ३ दिनमा ४ अर्ब रुपैयाँ राजस्व उठाएको छ । कार्यालयले बिहीबार, शुक्रबार र आइतबारसम्म करिब करिब ४ अर्ब हाराहारीमा राजस्व संकलन गरेको बताएको छ ।

कार्यालयका अनुसार निजी क्षेत्रको सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २५ करोड रुपैयाँ कर बुझाएको छ । त्यसैगरी, दुरसञ्चार प्राधिकरणले १ अर्ब रुपैयाँ राजस्व बुझाएको छ ।

बैंक तथा वित्तीय संस्थाले मात्रै २ अर्ब ६० करोड रुपैयाँ राजस्व बुझाएको कार्यालयले जनाएको छ । यो भनेको कुल बुझाएको राजस्वमध्ये ६५ प्रतिशत हो । ४ अर्ब रुपैयाँमध्ये बाँकी रकम प्राधिकरण, एनसेल र अन्य करदाताले बुझाएका हुन् ।

सरकारले अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) आयकर बुझाउने जेठ २५ गतेको समयसीमालाई असार ७ र असार १५ गतेसम्म सारेको छ । तर, उद्योगीरव्यवसायीले अहिले पनि कर बुझाउन थालेको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

‘सरकारले समयसीमा सारे पनि व्यवसायीले कर बुझाइरहेका छन्,’ उनले भने, ‘लकडाउन भएसँगै केही व्यवसायीको व्यवसाय ठप्प भएकाले उनीहरुले बुझाउने कुरै भएन ।’

उद्योगीरव्यवसायीले पनि सक्नेले कर बुझाउनुपर्ने बताइरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले सक्नेले राज्यलाई कर बुझाएर सहयोग गर्नुपर्ने बताए । तर, नसक्नेका हकमा सरकारले हेरिदिनुपर्ने उनको भनाइ छ ।

८० करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने प्रतिष्ठानहरु ठूला करदाता कार्यालयअन्तर्गत पर्छन् । ६ सय ८१ करदाता ठूला करदाता कार्यालयको सूचीमा छन् । –क्यापिटल नेपालबाट

वि.सं.२०७७ जेठ २६ सोमवार १४:१६ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...