back
NMB ad

कविता:- ‘तिम्रो याद, मीठो बतास…’

Kumari bank ad

तिम्रो याद, मीठो बतास- कविता

तिमीलाई देखेर, प्रफुल्लित मन,
सायद,
लामो समयपछि मात्र, यो भेट, सम्भव भएर होला !
त्यसैले त,
बोली, फुटिरहेको छैन अहिले, मेरा,
खुसीले, तिमीलाई भेटेर, हर्षले गद्गद् हुँदा !!
सायद,
खुसीले, उज्यालिएको हुनु पर्छ, मेरो अनि तिम्रो मुहार !
तिम्रा ति, अर्धमुदित नयन,
अनि, काँपेका परेला र आद्र ओठहरू,
व्याकुल, भए झैँ लाग्छन,
म संगै, न्यानो अँगालोमा, बेरिन !!
के थाहा,
तिम्रो, एक न्यानो, स्पर्शका लागि,
कति तड्पिरहन्थें म, हरेक पल पलमा !
मुस्किलले कटाएका कति दिन,
सम्झनामा बिताउँदै, उराठलाग्दा रातहरू !
लाग्छ,
तिम्रै याद, हरक्षण, हरपल मेरो स्मृतिमा,
कहिले, मीठो बतास, भएर त,
कहिले, मन विचलित पार्ने, हुरी बनेर छोईरहेछ !
सपना झैं लाग्छन,
तिमि संगै, लामो समयसम्म, साथै बस्ने कुरा !
नजुरे झैँ लाग्छन,
छोटो समय पनि, तिमी सँग, व्यतीत गर्ने कुरा !!
सायद,
तिमीलाई भेट्ने, तीव्र चाहना, हुँदा हुँदै पनि,
तिमीलाई देख्न नपाएर, पागल हुन्छु होला म !
तिमीसँग, बिगतका क्षणहरूलाई, सँगालेर,
हाम्रो, अर्को मिठो भेटको, प्रतीक्षामा बसिरहेछु म !!
त्यसैले त,
तिमीसँग मिलनको, प्रतीक्षामा तड्पिरहेको छु म !
चाहेर पनि, मिलन हुन नसक्दा, तिमीसँग,
मेरी प्रियतमा,
तिम्रो, मायालु स्पर्शको खाँचो, महशुस गरिरहेको छु म !

रचना : घनश्याम श्रेष्ठ, काठमाडौँ  

वि.सं.२०७७ जेठ २६ सोमवार १४:३१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...