back
NMB ad

पूर्वप्रधानमन्त्रीसहित तीनजना नेतामाथि बलात्कारको आरोप !

Kumari bank ad

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीनजना विपक्षी नेतामाथि बलात्कार जस्तो गम्भीर आरोप लागेको छ । इस्लामावाद बस्ने अमेरिकी ब्लगर साईन्थिया रिचीले विपक्षी पाकिस्तान पिपुल्स पार्टी (पिपिई) का तीन नेतामाथि यौन शोषणको आरोप लगाएकी हुन् ।

फेसबुक लाइभमा रिचीले दाबी गरेअनुसार तत्कालीन गृहमन्त्री रहमान मलिकले २०११ मा उनको बलात्कार गरेका थिए । रिचीका अनुसार यो घटना मन्त्रीकै निवासमा भएको थियो, जतिबेला उनी मदिरामा लट्ठ थिइन् ।

त्यस्तै, पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीले गलत नियतले आफ्नो शरीरमा छोएको उनको आरोप छ । त्यस्तै, आरोप पूर्व संघीय मन्त्री मखुम साहाबुद्धिनमाथि पनि लगाइएको छ ।

रिचीका अनुसार यौन शोषणमा मुछिने नेता यीमात्रै होइनन्, उनका अनुसार पूर्व प्रधानमन्त्री नवाज सरिर्फको पार्टी मुस्लिम लिग–नवाजमा आबद्ध केही नेताहरुले पनि यस्तै हर्कत गर्ने गरेका छन् ।

अब प्रश्न एउटै छ किन ९ वर्ष पुरानो घटना अहिले चर्चामा आएको छ ?

यो सबै शृंखला मेइको अन्त्यमा सुरु भयो । जब रिचीले पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोमाथि अन्य महिलाको बलात्कारका लागि आदेश दिएको आरोप लगाइन् । रिचीका अनुसार भुट्टोले आफ्ना श्रीमान्सँग प्रेम–सम्बन्धमा रहेका महिलाहरुमाथि बलात्कार गर्न आफ्ना अंगरक्षकहरुलाई आदेश दिन्थिन् ।

रिचीको यस्तो अभिव्यक्तीपछि पिपिपिले उनीविरुद्ध घृणा फलाउने टिप्पणी र आफ्ना पूर्व नेतृको बेइज्जती आरोपमा प्रहरीमा उजूरी दियो । त्यसको एक सातापछि रिचीले पिपिपिका नेताहरुले आफूलाई बलात्कार तथा दुव्यवर्हार गरेको आरोप लगाएकी हुन् । यस प्रकरणपछि पूर्वमन्त्री रहमान मलिकले रिचीविरुद्ध चरित्र हत्याको आरोपमा मुद्दा दायर गरेका छन् ।

रिचीको अभियोगबारे कतिपय टिप्पणीकर्ताले औंला उठाएका छन् । इमरान खानको सरकार निकटकी यी महिला देशले सामना गरिरहेको स्वास्थ तथा आर्थिक संकटबाट जनताको ध्यान मोड्नका लागि प्रयोग भएको हुनसक्ने समेत कतिपयले बताएका छन । कतिपयले भने उनलाई सिआईएको जासूस पनि भनेका छन् ।

वि.सं.२०७७ जेठ २७ मंगलवार १८:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...