back
NMB ad

न्यूरोडका पसल भोलि पनि खुल्ने, व्यवसायी महासंघको यस्तो छ ५ बुँदे माग

Kumari bank ad

काठमाडौं । न्यूरोडका पसलहरु भोलि पनि खुल्ने भएका छन् । मंगलबार प्रहरी हस्तक्षेपका कारण बन्द गर्नुपरेको पसल बुधबारदेखि पुनः सुचारु गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको हो ।

पसल खोल्न खोज्दा न्यूरोड क्षेत्रमा प्रहरीले हस्तक्षेप गरेपछि मंगलबार बिहान न्यूरोड क्षेत्रमा झडप भएको थियो । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले पसल खोले पनि हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाए पनि प्रहरीले आएर जबरजस्ती पसल बन्द गराएको थियो ।

महासंघका अध्यक्ष नरेश बटुवालले यो घटनाबारे महासंघको ध्यानाकर्षण भएको भन्दै विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्दा पनि प्रहरीले हस्तक्षेप गर्नु निन्दनीय भएको बताएका छन् ।

सो घटनापछि महासंघको आकस्मिक बैठक बसेको थियो । सो बैठकले सरकारले पसल सञ्चालन गर्न नदिने हो भने आफ्ना समस्या गर्नुपर्ने भन्दै ५ बुँदे माग गरेको छ ।

उक्त माग अनुसार बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाबाट लिएको ऋणको व्याज र हर्जाना छुट हुनुपर्ने, विभिन्न तहका सरकारलाई तिर्नुपर्ने कर मिनाह गर्नुपर्ने, लकडाउन अवधिको घरभाडा मिनाह हुनुपर्ने, सीमा नाकामा आएका सामानहरुको जाँचपास गरिदिनुपर्ने तथा निजी क्षेत्रका संघ संस्थालाई एकीकृत गरेर समन्वय समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

साथै, माग पूरा नभएको अवस्थामा व्यवसाय बन्द गरिरहने अवस्था नभएकोले भोलिदेखि व्यवसाय सञ्चालनलाई यसअघि जस्तै सुचारु राख्ने निर्णय गरेको समेत अध्यक्ष कटुवालले बताए ।

वि.सं.२०७७ जेठ २७ मंगलवार १९:३७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...