back
NMB ad

गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग

Kumari bank ad

काठमाडौं । कोभिड–१९ को त्रासबीच राष्ट्रिय गौरवका आयोजनालाई गति दिने सरकारको नीतिअनुसार पूर्वाधार निर्माणमा सक्रिय व्यवसायीलाई अज्ञात समूहबाट पटक–पटक हतोत्साहित गर्ने गरी भइरहेका घटनाका दोषीलाई कारवाही गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले माग गरेको छ ।

दाङ जिल्ला गढवा गाउँपालिका–१ जेठानगाउँस्थित कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणका लागि राप्ती नदी किनारमा पार्किङ गरी राखिएका पाँच वटा स्काभेटरमा सोमबार राति अज्ञात समूहबाट आगजनी गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै महासङ्घले सुरक्षा माग गरेको हो ।

आगजनीका कारण चार स्काभेटर जलेर नष्ट भएको छ । एउटामा आंशिक क्षति पुगेको महासङ्घका महासचिव रोशन दाहालले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बा२क ४४८२, बा१क २२७१, बा२क ३१४८, रा१ख ७१३ र एउटा परीक्षणका क्रममा रहेको (अनटेस्ट) स्काभेटरमा आगजनी गरिँदा करोडौँको क्षति भएको उनले बताएका छन् । उक्त सडकखण्डको निर्माण बज्रगुरु–कान्छाराम कन्स्ट्रक्शन जेभीले गरिरहेको छ । दुवै कम्पनी महासङ्घका सदस्य छन् । (रासस)

वि.सं.२०७७ जेठ २८ बुधवार ०७:३८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...