back
NMB ad

पूर्वाधार निर्माणको सपना साकार पाछौंः नगरप्रमुख पौडेल

Kumari bank ad

बागलुङ । बागलुङ नगरपालकाका नगरप्रमुख जनकराज पौडेलले पूर्वाधार निर्माणमा जनताको चासो र सहभागीतालाई साकार पार्न नगरपालिका लागि परेको बताउनुभएको छ ।

बागलुङ नगरपालिका वडा नं. ९ तित्याङको वडा कार्यालय भवनको सिलन्यास गर्दै नगरप्रमुख पौडेलले विकास निर्माणमा जनताको चासो र सहभागीता बढ्दै गएकाले त्यसलाई साकार पार्न नगरपालिका लागिपरेको बताउनुभएको हो ।

वडा कार्यालयको भवन बनाउँनका लागि स्थानीय टिकाकुमारी खत्री, धनबहादुर शाही, भद्रकली खत्री र कोपिला सार्कीले निःशुल्क जग्गा उपलब्ध गराएर विकास निर्माणमा जनताको चासो र सहभागिता रहेको पुष्टी गरेकोभन्दै नगरप्रमुख पौडेलले गाउँको विकासका लागि चिन्तन गर्ने व्यक्तिहरुलाई समाजले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नगरभित्रका पूर्वाधार विकासका लागि संघीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरिरहेको भन्दै नगरप्रमुख पौडेलले जनताको मागका आधारमा योजना बनाएर अगाडि बढीरहेको बताउनुभयो । ठूला योजनाका लागि संघीय सरकार, मझौला योजनाका लागि प्रदेश सरकार र साना योजनाहरुका लागि बागलुङ नगरपालिकाले लगानी गरिरहेको पौडेलले बताउनुभयो ।

आठ कोठे उक्त भवन निर्माणका लागि बागलुङ नगरपालिकाबाट १९ लाख रुपियाँ विनियोजन भएको र यसलाई सम्पन्न गर्न आवश्यक रकम उपलब्ध गराउँने नगरप्रमुख पौडेलले प्रतिबद्धता जनाउनुभएको थियो । “यो नगरपालिकाकै गौरवको कुरा हो, हामीले यो वडा भवनलाई जसरीपनि सम्पन्न गर्ने गरी बजेटको व्यवस्थापन गछौ, स्थानीयले जुन साथ र सहयोग गर्नुभएको छ, यो पुरा भएरै छाड्छ ।” पौडेलले भन्नुभयो ।

बागलुङ नगरपालिकाको १९ लाख रुपियाँ र स्थानीय जनताको चार लाख ६५ हजार रुपियाँ श्रमदानमा निर्माण सुरु गरिएको उक्त भवन सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षमा आवश्यक रक विनियोजन हुने वडा अध्यक्ष गणेश थापा मगरले बताउनुभयो ।

वडामा सबैलाइ पायक पर्ने ठाउँमा वडा कार्यालय स्थापना गर्ने योजना अनुसार लामो प्रयासपछि जग्गा प्राप्ती भएको र सोही अनुसार भवन निर्माण गर्न लागिएको थापाको भनाई थियो ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार १४:२९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...