back
NMB ad

फेरि लकडाउन लम्ब्याउन गरी सरकारले बनायो नयाँ मापदण्ड, मापदण्डमा यस्तो छ व्यवस्था !

Kumari bank ad

काठमाडौँ । सरकारले दुई सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिने गरी नयाँ मापदण्ड बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ मापदण्डमा तीन प्रकारको व्यवस्था गरिएको छ ।

दुई सयभन्दा बढी संक्रमित भेटिएको जिल्लामा लकडाउन गर्न सकिने भन्दै मन्त्रालयले ५१ जनादेखि दुई सय संक्रमित देखिएको मध्यम प्रकृतिको जिल्लामा तोकिएको समयमा तोकिएको काम गर्न पाइनेछ ।

५१ जनाभन्दा कम प्रभावित जिल्लालाई सुरक्षित मान्दै मन्त्रालयले त्यसक्रममा अपनाउनुपर्ने अरु मापदण्ड तोकेको हो । जिल्लाको वर्गिकरणका क्रममा स्वास्थ्य मन्त्रालयको ‘कमाण्ड केन्द्र’को सिफारिस अनिवार्य गरिएको छ ।

के गर्न सकिने ?

लकडाउनलाई केही खुकुलो बनाएको सरकारले जारी गरेको नयाँ मापदण्डमा जुनसुकै ठाँउमा पनि तीनवटा सर्त अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । मन्त्रालयले ‘अत्यावश्यकीय’ भनी वर्गीकरण गरिएका सर्तमा सबै किसिमको जमघट र भेटघाटमा २ मिटर(६ फिट)को दुरी अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

घर बाहिर निस्कदा मास्क प्रयोग अनिवार्य गरिएको छ । उक्त मास्क सर्जिकल वा ३ तहको कपडाको हुनुपर्नेछ । अनि सबै सार्वजनिक स्थान अनि कार्यालयमा आफ्नो परिसरमा हात धुने साबुनपानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था हुनुपर्नेछ । र त्यहाँ प्रवेश गर्नेहरुले हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्नुपर्नेछ ।

सरकारले अनिवार्य पालना गर्नुपर्ने भनी सर्तहरु पनि तोकेको छ । जस अनुसार अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख) नछुने भनिएको छ भने खोक्दा वा हाछ्यु गर्दा सुरक्षित हुनुपर्नेछ ।

सार्वजनिक थलोमा नथुक्ने भनी सकेसम्म विद्युतीय कारोबारलाई प्रोत्साहित गर्ने नीति छ । ज्वरो, खोकी अनि स्वासप्रश्वासको समस्या आउनेहरु सकेसम्म जनसम्पर्कमा नआउने भनिएको छ ।

मापदण्डमा केही संस्थागत सर्तहरु पनि छन् । अफिस आउनेहरुलाई शुरुमा थर्मामिटरबाट परीक्षण गर्ने अनि १०० दशमलव ४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा काममा नलगाउने भनिएको छ ।

फेस रिडिङ गर्ने मेसिनबाट हाजिर गर्न लगाउने, त्यो सम्भव नभए सुपरभाइजरले कर्मचारीको अभिलेख राख्ननुपर्नेछ । मेसिनमा औठाछाप छुवाएर (थम्ब गरी)हाजिर गर्ने प्रणालीलाई निरुत्साहित गर्न खोजेको देखिन्छ ।

खोकी वा स्वास्थ्यप्रश्वासका समस्या भएकाललाई उपचार वा आराम गर्न लगाउने भन्दै मापदण्डमा कार्यालयमा हुने खानपानमा पनि सतर्कता अपनाउन भनिएको छ । त्यसक्रममा प्रयोग भएका भाडाहरु राम्ररी सफा गर्ने र सुकेपछि मात्रै प्रयोग गर्ने सुझाव छ ।

कार्यालयका शौचालयलाई कम्तिमा दुई पटक नियमित सफा गर्नुपर्नेछ । हात धुने बेसिनहरु संक्रमित हुनसक्ने भन्दै ब्रस लगायतका सामान बेसिनमा नराख्न सुझव दिएको छ । मापदण्डमा धेरै प्रयोग हुने ढोका, हेण्डल, टेबुल लगायतमा डिसइन्फेक्टेन्ट नियमित प्रयोग गर्न भनिएको छ ।

होटल र रेष्टुरेन्ट र क्यान्टिनका लागि छुट्टै मापदण्ड छ । उच्च जोखिममा पर्ने ती निकायले सकेसम्मे प्याकिङ परिपाटीलाई प्रोत्साहित गर्नुपर्नेछ । रेष्टुरेन्टमा बसेर खानुपर्ने भए सीटको दुरी २ मिटर कायम गर्नुपर्नेछ । भाडा राम्ररी साबुनपानीले धुनुपर्नेछ । लजिङको सुविधा हुने होटल तथा लजमा श्रीमानरश्रीमती र परिवारका एकदमै नजिकका व्यक्ति बाहेक अरुलाई कोठा शेयर गर्न नदिने नीति बनाइएको छ ।

सरकारले मापदण्ड मार्फत अत्यावश्यक सेवामा सकेसम्म भर्चुअल प्लेटर्फम प्रयोग गर्न आग्रह गरेको छ । दन्त उपचार सेवा, व्यूटीपार्लर र कपाल काटने सेवामा अनिवार्य मास्क, पञ्जा लगाउनुपर्नेछ ।

मुख र घाँटी परीक्षणमा चिकित्सकले अनिवार्य एन ९५ मास्क प्रयोग गर्नुपर्नेछ । अनि कार्यालयमा आउने सेवाग्राहीको फोन नम्बर सहितको व्यक्तिगत विवरणको अभिलेख राख्नुपर्नेछ ।

सार्वजनिक यातायातमा एककापट्टिको लहरको सिटमा एकजना क्रस गरेर बस्नुपर्ने भनिएको छ । अनि विषयगत मन्त्रालयहरुले आफ्नो सेवा कायम गर्दा स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर सञ्चालन गर्नुपर्नेछ । (कान्तिपुर अनलाइनबाट)

कोभिड -१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड-२०७७ 

वि.सं.२०७७ जेठ ३० शुक्रवार १८:०६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...