back
NMB ad

एक हप्ताका लागि बजार पूर्ण रुपमा बन्द गरिने !

Kumari bank ad

स्याङजा । गल्याङ बजार शुक्रबारदेखि एकसाता पूर्ण रुपमा बन्द गरिने भएको छ । मुदायमा कोरोना संक्रमण फैलन नदिने उदेश्यसहित एक हप्ताका लागि बजार बन्द गरिने भएको हो ।

गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बस्नेसँगै समुदायका व्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि नगरपालिकाले एक साताका लागि बजारपूर्ण रुपले बन्द गर्ने जनाएको हो ।

भारतबाट आई गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका १६ नागरिकसँगै २ जना सरसफाइकर्मी कर्मचारीमा शुक्रबार संक्रमण पुष्टि भएपछि नगरपालिकाले चासो बढाएकोे हो।

गल्याङ नगरपालिकामा बसेको बैठकले कोरोना अत्यावश्यकबाहेक सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको नगर प्रमुख भुपराज अधिकारीले जानकारी दिए । कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने अनुमान गर्दे सचेत र सावधानी अपनाउनु पर्ने बेैठकको निष्कर्ष छ ।

नगर कार्यसमितिका पदाधिकारी, वडाध्यक्ष, चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ तथा यातायात व्यवसायी, सुरक्षाकर्मीसहितको बैठकले औषधि पसल, दुध डेरी र तरकारी पसल बाहेकका सबै पसल बन्द गर्ने निर्णय गरेको प्रमुख अधिकारीले जानकारी दिए ।

उनले भने ‘वित्तीय संस्था र खाद्यान्न पसल पनि एक हप्ताको लागि बन्द गर्ने निर्णय भएको छ ।’ यसैबीच, प्रमुख भुपराज अधिकारीले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगर कार्यपालिका बन्द हुने जानकारी गराउदै अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र उच्च सतर्कता अपउनाउन आग्रह गरेका छन्।

वि.सं.२०७७ जेठ ३० शुक्रवार २१:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...