back
NMB ad

आजदेखि काठमाडौंका सपिङ मल खुल्दै

Kumari bank ad

काठमाडौँ । व्यवसायीले असार १ देखि काठमाडौंका सपिङ मल खोल्ने भएका छन् । लकडाउनको असर लामो समयसम्म धान्न नसकिने भएकाले सपिङ मल सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरूको भनाइ छ ।

उपत्यकाका सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आइप्लेक्स कम्प्लेक्स र केएल टावरस्थित व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी सोमबारदेखि मल सञ्चालन गरिने बताएका छन् ।

उनीहरूले यसको बोधार्थ नेपाल राष्ट्रिय व्यापार महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघलाई दिएका छन् ।व्यवसायीले सोमबारबाट मल सञ्चालन गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

स्थानीय सरकारसँग बसेको व्यापार महासंघ र १७ वटा व्यापार संघको बैठकले शनिबार यस्तो निर्णय गरेको उनले जानकारी दिए ।‘होलसेल बजार बिहान ७ देखि दिउँसो २ बजे र खुद्रा बिहान १० देखि ५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ,’ उनले भने, ‘स्थानीय सरकारले पसल सञ्चालनमा अवरोध नगर्ने सहमति भएको छ । सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर मल चलाउँछौं ।’

सरकारले अन्य पसल सञ्चालन गर्न दिने तर सपिङ मल नदिएपछि व्यवसायीले यसको विरोध गर्दै आएका थिए । व्यवसायीले व्यवसाय सञ्चालन गर्दा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।

लामो समय व्यवसाय बन्द हुँदा घरभाडा, बैंकबाट लिइएको ऋणको ब्याजदर तथा राज्यलाई करसमेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।

तीन महिनासम्म व्यवसाय बन्द गरेर बस्न नसकिने भएकाले मल सञ्चालन गर्न पाउनुपर्ने ब्लुबर्ड मलका प्रबन्ध निर्देशक विनोद तुलाधरले बताए । ‘अन्य व्यवसाय सञ्चालनमा छन् । मल पनि चलाउन पाउनुपर्छ,’ उनले भने, ‘तीन महिनासम्म मल बन्द गरेर बसे कर्मचारीलाई तलब कसरी दिने ?’

शेर्पा मलका प्रबन्ध निर्देशक सञ्जीव तुलाधारले पनि सुरक्षाका उपाय अपनाएर सपिङ मल खोल्न पाउनुपर्ने बताए । ‘नेपालका मल ठूला नभएकाले व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने । मल एसोसिएसनले भने व्यवसाय सञ्चालनका विषयमा केही बताएको छैन ।

‘मलका व्यापार संघहरूले नै विज्ञप्ति जारी गरेर सपिङ मल चलाउने भनेका छन्,’ एसोसिएसनका महासचिव राजेश श्रेष्ठले भने, ‘सरकारले असार २३ गतेपछि खोल्न दिने भनेको छ । यसबारे हाम्रो एसोसिएसनले केही निर्णय गरेको छैन ।’ -कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ असार १ सोमवार ०८:३७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...