काठमाडौ। भारतमा भूकम्पको धक्का महशुस गरिएको छ । कोरोनाभाइरसका बिरामी दिनानुदिन तिव्र गतिमा बढ्दै गइरहेको बेला भारतको गुजरातमा आइतबार ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प विज्ञानका अनुसार उक्त भूकम्प साँझ ८ बजेर १३ मिनेट गएको जनाइएको छ । उक्त भूकम्पबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।
वि.सं.२०७७ असार १ सोमवार ०८:४९ मा प्रकाशित