back
NMB ad

दिनहुँ थपिँदै कोरोना संक्रमितको संख्या, बजार फेरि बन्द !

Kumari bank ad

एजेन्सी । चीनको राजधानी बेइजिङमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। पछिल्लो २४ घण्टामा देशभर भेटिएका ४९ मध्ये बेइजिङमा मात्रै ३६ जना संक्रमित भेटिएका छन्।

बेइजिङका थोक बजारबाट फेरि संक्रमण फैलिरहेको घटना अघिल्लो साता नै सार्वजनिक भएको थियो। बेइजिङको हेडियान इलाकामा रहेको थोक बजारमा रहेका मानिसहरु संक्रमित रहेको पाइएपछि त्यहाँको बजार बन्द गरिएको छ ।

विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू वरपरका १० वटा क्षेत्रमा लकडाउन घोषणा गरिएको छ । संक्रमण भए/नभएको थाहा पाउन हजारौं मानिसहरुको स्वास्थ्य परीक्षण गर्न थालिएको छ।

गत डिसेम्बरमा कोरोना महामारीको शुरुवात चीनबाटै भएको थियो। निरन्तरको प्रयासपछि चीनले महामारी लगभग नियन्त्रणमा लिएको दावी गरेको थियो। तर बेइजिङमा पछिल्लो सातादेखि फेरि संक्रमितहरु फेला पर्न थालेका हुन्।

नियन्त्रणमा आएर पनि फेरि संक्रमण फैलिएपछि चीनमा कोरोनाको दोस्रो लहर सुरु भएको देखिएको छ। चीनमा हालसम्म ८४ हजार ३३५ जना संक्रमित भेटिएका छन्। भेटिएकामध्ये ४ हजार ६३८ जना संक्रमितको मृत्यु भइसकेको छ।

वि.सं.२०७७ असार १ सोमवार १०:४९ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...