back
NMB ad

शिक्षक र केही कर्मचारीलाई बेतलबी बिदामा राख्ने निर्णय

Kumari bank ad

तनहुँ । नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठ जना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ । उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी कर्मचारीलाई बेतलबी बिदामा राखिएको हो ।

विद्यालयको आयस्रोत नभएकाले विद्यालय व्यवस्थापन समितिको निर्णयले निजी र अर्धनिजी शिक्षक एवं कर्मचारीलाई बेतलबी बिदामा राखिएको विद्यालयले जनाएको छ । निजी शिक्षिका मैयाँ दरैले देशमा बन्दाबन्दीका समयमा घरको खर्च बढिरहेका अवस्थामा विद्यालयको बेतलबी बिदामा राख्ने कार्यप्रति चित्त दुखेको बताउनुभयो ।

केही वर्षअघि नगरपालिकाले विद्यालय भवन निर्माणका लागि रु ५५ लाख विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज भई घाटा ब्यहोर्दै आउनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद दरैले बताउनुभयो ।

उहाँका अनुसार उनीहरुलाई चैतसम्मको तलब खुवाई त्यसपछि सहज परिस्थिति भएपछि पुन जागीरमा समावेश गराउने निर्णयानुरुप हाललाई बेतलबी बिदामा राखिएको हो ।

उक्त विद्यालयमा हाल करीब चार सय विद्यार्थी र ३२ शिक्षकशिक्षिका छन् ।सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक एवं कर्मचारीका लागि नगरपालिकाको कुनै सहयोग नरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।-रासस

वि.सं.२०७७ असार १ सोमवार ११:५३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...