back
NMB ad

‘खल्ती’ मोवाइल एपको एन्ड्रोइड प्लेटफर्ममा जोडिए १ मिलियन प्रयोगकर्ता, तीन बर्षमै १३ लाख

Kumari bank ad

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ । ‘खल्ती’ले यो उचाइ तीन बर्षमै हासिल गरेको हो ।

प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको छ । आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै १ लाख पटक एप्पल डिभाइसहरूमा डाउनलोड भएको छ । वेवपेज khalti.com  बाट पनि अनलाइन पेमेन्ट गरिन्छ । मोवाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको संख्या १३ लाख नाघेको छ ।

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत बर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । विशुद्ध नेपाली नामलाइ ब्राण्ड बनाएर डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको ‘खल्ती’ शहरदेखि ग्रामिण भेगसम्म लोकप्रिय बन्न पुगेको छ ।

दैनिक जीवनमा मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’को प्रयोग गरिरहेका छन् ।

खल्तिका निर्देशक अमित अग्रवाल भन्नु हुन्छ, ‘छोटो समयमै ‘खल्ती’ले यत्रो लोकप्रियता हासिल गरेकामा हामी निकै उत्साहित भएका छौं । हामीलाइ आम प्रयोगकर्ताले जुन विश्वास, भरोसा र माया गर्नु भएको छ, त्यसको हामी ऋणी भएका छौं ।

सरकारले डिजिटल प्रविधिबाट भुक्तानी प्रक्रियालाइ प्रोत्साहन गरिरहेका बेला नेपालीले ‘खल्ती’लाइ आफ्नो स्मार्ट फोनको अभिन्न एप बनाउनु भएकामा हामी उहाँहरूलाइ धन्यवाद दिन चाहन्छौ ।

उहाँहरू सबैलाइ हाम्रो परिवारमा हार्दिक स्वागत गर्दछौं । ‘खल्ती’मा सबै प्रकारका ब्यवसाय, संघसंस्था, सेवा प्रदायकलाइ जोड्दै हरेक कारोबारको भुक्तानी मोवाइलबाटै गर्न सक्ने बनाउन हामी निरंतर लागिरहने छौं ।’

‘खल्ती’ले सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न आफ्नो क्षेत्रबाट योगदान गरिरहेको छ । हरेक घर र परिवारका हरेक सदस्यलाइ ‘खल्ती’मार्फत डिजिटल भुक्तानीमा जोड्ने उद्देश्य ‘खल्ती’को छ ।

नेपाल दूरसंचार प्राधिकरणको गत चैतको तथ्याङ्क अनुसार नेपालमा मोबाईल प्रयोगकर्ताहरूको संख्या ३ करोड ७९ लाख ९० हजारभन्दा बढी छ । यो जनसंख्याको झण्डै १२७ प्रतिशत हो । यस्तै जनसंख्याको ५५ प्रतिशतले मोवाइलमा तीब्र गतिको इन्टरनेट सेवा प्रयोग गर्छन् । इन्टरनेट प्रयोगकर्ताको कुल संख्या ७३ प्रतिशतभन्दा बढी छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको पछिल्लो (चैत) तथ्याङ्क अनुसार १ करोड ६ लाख ७० हजार जना नेपालीहरुले मोबाईल बैंकिङ सेवा र ९ लाख ९२ हजार ७ सय २४ जनले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् । ‘खल्ती’ले बैंकिङ पहुँचमा नरहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याएर वित्तीय सेवा प्रदान गर्न अझै भूमिका खैल्ने कम्पनीले प्रण गरेको छ । कम्पनीले ‘खल्ती’ एप नेपाली भर्सनमा पनि छिट्टै ल्याउने तयारी गरेको छ ।

वि.सं.२०७७ असार १ सोमवार १६:१० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...