काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । काठमाडौंका ४ र ललितपुरका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी दुईजना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यस्तै पाटन अस्पतालको प्रयोगशालामा ललितपुरकी १ महिला र काठमाडौंकी २ महिला गरी ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता तथा डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
सोमबार एकै दिन ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ४५१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार २११ पुगेको हो।
वि.सं.२०७७ असार १ सोमवार १७:१० मा प्रकाशित