back
NMB ad

खुले सबै सरकारी कार्यालयहरु, एकै सिफ्टमा सेवाप्रवाह

Kumari bank ad

बैतडी । देशभरजस्तै सोमबारदेखि बैतडीमा पनि सबै सरकारी कार्यालयहरु खुलेका छन् । बन्दाबन्दीको ८३ दिनपछि आजदेखि सबै कार्यालय स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्दै खुलेका हुन् ।

गत साता बसेको मन्त्रीपरिषद् बैठकले नै बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने निर्णय अनुसार नै कार्यालय खुलेका बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । सरकारले दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने भनेपनि बैतडीमा भने एकै सिफ्टमा सञ्चालन गरिएको छ।

पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला गर्न सरकारले निर्देशन दिएको थियो । कार्यालयमा कार्यरतमध्ये आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा रहने गरी सेवा प्रवाह गर्न सरकारको निर्देशन छ । तर, बैतडीमा भने कर्मचारी अभावमा दुई सिफ्टमा कार्यालय गर्न नसकिएको प्रजिअ जोशीले बताए ।

उनले भने, ‘कुनै-कुनै कार्यालयमा त ५/६ जना मात्रै कर्मचारी छन्, दुई सिफ्टमा सञ्चालन गर्दा सेवाप्रवाह गर्न झन समस्या हुन्छ भनरे एकैमा गरेका छौं।’

दुई सिफ्टमा सञ्चालन गर्ने भनेपनि कर्मचारी अभावका कारणले साविक समय अनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म एकै सिफ्टमा कार्यालय खुल्ला रहने प्रजिअ जोशीले ब ताए ।

एकै सिफ्टमा कार्यालय सञ्चालन गर्न सजिलो हुने मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले बताए । उनले भने, ‘सेवाग्राहीहरु टाढाटाढाबाट पनि आउने गर्छन, कर्मचारी पनि कमै भएकोले सबैको सहजताका लागि एकै सिफ्टमा कार्यालय चलाउन सजिलो पर्छ।’

जिल्लाका खाद्यान्न र अत्यावश्यकीय सामग्रीका पसलहरु पनि सामाजिक दुरी कायम गर्दै खुलेका छन्। सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै बैतडीमा पनि निजी सवारीसाधन जोर-बिजोर प्रणलीमा सञ्चालनमा हुन थालेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। -थाहा खबरबाट

वि.सं.२०७७ असार १ सोमवार १७:५१ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...