back
NMB ad

सुशान्तको हत्या कि आत्महत्या ?

Kumari bank ad

मुम्बई । आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन्।

उनको परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन्। राजपुतका मामा आरसी सिंहले भनेका छन्, ‘उनले आत्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यले यसको विरोध गरेका छौं, उनको हत्या भएको छ।

प्रहरीले राम्रोसँग अनुसन्धान गरोस्।’ उनले आफ्नो भानिजले आत्महत्या गर्ने कुनै कारण नरहेको बताएका हुन्।उता बिहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेजस्तो देखिएको बताएका छन्। सुशान्तको कुनै सुसाइड नोट फेला परेको छैन।

सुशान्तका स्वर्ण सपना

३४ वर्षको अल्पायुमा ज्यान फालेका सुशान्तले १४ सेप्टेम्बर २०१९ मा आफ्ना ५० सपनाको सूची ट्विटरमा पोस्ट गरेका थिए। उनले सपनाको सूची भएको पहिलो नम्बरमा आफूले हवाईजहाज उडाउन सिक्न चाहेको बताएका थिए।

त्यस्तै आइरनम्यान ट्राएथलोनका लागि तयारी गर्नु, बायाँ हातले क्रिकेट म्याच खेल्ने चाहना, मोर्स कोड सिक्नु, बालबालिकालाई अन्तरिक्षबारे सिक्न मद्दत गर्नु, टेनिसका च्याम्पियनसँग खेल खेल्ने चाहना, फोर क्ल्याप पुसअप गर्नु आदि थिए।

त्यस्तै एक सातासम्म चन्द्रमा, मंगल, वृहस्पति र शनि ग्रहलाई उनीहरूको कक्षमा घुम्दै अवलोकन गर्नु, ब्लु होलमा पौडी खेल्नु, प्रकाशको तरंगको गुणलाई बुझ्ने एक प्रयोग डबल स्लिट एक्सपेरिमेन्टलाई एक पटक गरेर हेर्ने, कम्तीमा हजार रूख रोप्ने सुशान्तको सपना थियो।

सुशान्तलाई उनको अभिनय र मुस्कानका लागि चिनिन्छ। तर उनको सपनाको सूची पढेपछि अन्तरिक्ष र ग्रहमा पनि उनको अत्यधिक रुचि रहेको थाहा हुन्छ।

आत्महत्याको बाटोमा अरू पनि

सुशान्तमात्रै होइन, कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनयता अरू भारतीय कलाकारले पनि आत्महत्या गरेका छन्।

आइतबार आत्महत्या गरेका कलाकार सुशान्त सिंह राजपुतका म्यानेजर दिशा सलियनले पनि केही दिनअघि एक घरको छतबाट हामफालेर आत्महत्या गरेकी थिइन्।

३२ वर्षीय टेलिभिजन अभिनेता मनमित ग्रेवालले गत महिना आत्महत्या गरेका थिए। ‘आदत से मजबुर’, ‘कुलदीपक’ जस्ता सिरियलमा काम गरेका उनले आफ्नै घरको पंखामा झुन्डिएर आत्महत्या गरेका थिए। उनले आफूले केही काम नपाएको र पैसा सकिएका कारण तनावमा रहेको साथीहरूसँग बताउँदै आएका थिए।

क्राइम पेट्रोलबाट करिअर सुरु गरेकी सानो पर्दाकी अभिनेत्री प्रेक्षा मेहताले पनि लकडाउनकै बीचमा आत्महत्या गरिन्। गत महिना उनले इन्दौरस्थित आफ्नै घरको पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन्। ‘मेरी दुर्गा’ र ‘लाल इस्क’जस्ता अन्य सिरियलमा उनले अभिनय गरेकी थिइन्। लामो समयसम्म काम नपाएको तनावका कारण उनले आत्महत्या गरेको बताइएको छ। -एजेन्सी

वि.सं.२०७७ असार २ मंगलवार ०८:११ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...