back
NMB ad

रुकुम हत्याकाण्ड : मृतकका परिवारलाई १० लाखका दरले राहत, घाइतेको निःशुल्क उपचार

Kumari bank ad

जाजरकोट । पश्चिम रुकुमको चौरजहारी–८, सोतीमा हत्या गरिएका जाजरकोटका नवराज विकसहितका ६ जनाको परिवारलाई सरकारले १० लाखका दरले राहत उपलब्ध गराउने तयारी थालेको छ ।

सुष्मा मल्ल र नवरोज विकबीचको प्रेम विवाह रोक्न चौरजहारीका वडाध्यक्ष डम्बरबहादुर मल्लको योजनामा सोतीलगायत चार गाउँका मानिस मिलेर उनीहरूको हत्या गरी भेरी नदीमा फालिएको निष्कर्षमा गृह मन्त्रालयले निकालेको छ ।

६ युवाको नृशंस हत्या गरिएको ठहर गरेको मन्त्रालयले पीडित परिवारलाई जनही १० लाखका दरले राहत उपलब्ध गराउन माग गर्दै मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । यसका लागि बजेट व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा पनि पत्र पठाइएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

यस्तै आक्रमणमा परी घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने पनि प्रस्ताव गरिएको छ । आफूले पठाएको प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराइने गृह मन्त्रालले जानकारी गराएको छ । अहिले हत्या काण्डमा मुख्य योजनाकार डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

वि.सं.२०७७ असार २ मंगलवार ०८:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...