back
NMB ad

व्यवसायीलाई यी आठ सेवा क्षेत्रमा कर, शुल्क तथा भाडामा छुट दिने निर्णय, कुनमा कति ? (सूचनासहित)

Kumari bank ad

काठमाडौं । धनकुटा नगरपालिकाले व्यवसायीलाई विभिन्न आठ सेवा क्षेत्रमा कर, शुल्क तथा भाडामा छुट दिने निर्णय गरेको छ ।

लकडाउनका कारण व्यवसायीमा पर्न गएको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले विभिन्न आठ सेवा क्षेत्र निर्धारण गरी कर, शुल्क र भाडा छुट दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार लकडाउनले प्रत्यक्ष रुपमा प्रभाव परेका कर, शुल्क, भाडा, ठेक्का आदि क्षेत्रमा औचित्यका आधारमा आर्थिक वर्ष २०७६/०७७ को करमा छुट दिने निर्णय भएको हो ।

थापाका अनुसार नगरपालिकाभित्र सञ्चालन भएका सबैखाले व्यापार व्यवसायमा आव २०७६/०७७ मा बुझाउनु पर्ने व्यवसाय करमा २५ प्रतिशत छुट दिने निर्णय भएको छ । व्यापारीहरुले कर बुझाइसकेको भए आगामी आर्थिक वर्षको करमा मिलान गर्ने उनले बताए ।

यस्तै निजी व्यवसायीक बहाल वापतको करमा पनि २५ प्रतिशत छुट दिने निर्णय नगरपालिकाले गरेको छ । सरकारी वा संस्थागत बहालको हकमा भने यो नियम लागू हुने छैन ।

यस्तै व्यापारिक भवन लगायत व्यापारिक संरचनाहरुको भाडा, व्यापारिक भवन, पसल, सर्टर, बहुउद्देश्यीय भवन, शौचालय आदिमा लकडाउन अवधिभरको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको छ । सुविधायुक्त बैङ्क तथा वित्तिय संस्थाको हकमा भने यो नियम लागू हुने छैन।

यस्तै साप्ताहिक हाटबजार सेवा शुल्क संकलन ठेक्का(धनपा ५ र १) मा पनि २५ प्रतिशत छुट दिने निर्णय भएको थापाले बताए । यस्तै सरसफाई शुल्कमा पनि २५ प्रतिशत छुट दिने निर्णय भएको छ । तर घरमा लाग्ने सरसफाई शुल्कमा भने छुट हुने छैन ।

सवारी पार्किङ शुल्क संकलन ठेक्कामा १५ प्रतिशत, ढुंगा, गिटी, बालुवा आदि पैदावर संकलन (फोङसुवा खोला ठेक्का धनपा ९)मा कुल ठेक्का रकमको आधारमा एक महिना बराबरको रकम छुट दिने निर्णय गरेको छ । यस्तै धनपा ५ स्थित नगरपालिका कार्यालयमा सञ्चालित चमेनागृहको २ महिना बराबरको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको छ । -अनलाइन खबरबाट

वि.सं.२०७७ असार २ मंगलवार १६:५७ मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...