back
NMB ad

नियमित रुपमा राजस्व संकलन नहुँदा सरकारलाई खर्च धान्नै कठिन

Kumari bank ad

काठमाडौं । सरकारलाई अनिवार्य खर्च धान्नै कठिन भएको छ। कोरोना भाइरसको कारण निरन्तर रुपमा भएको बन्दाबन्दीका कारण नियमित रुपमा राजस्व संकलन नहुँदा सरकारलाई अनिवार्य खर्च दायित्व वहन गर्न समस्या परेको हो।

अनिवार्य खर्च दायित्वभित्र प्रशासनिक खर्च, तलब भत्ता, निवृत्तिभरण, उपदान, सुरक्षा, कूटनीतिक नियोग (बाहिरी मुलुकका नेपाली दूतावासको खर) लगायत पर्छन्। आवश्यकताअनुसार राजस्व नउठ्दा सरकार मातहतका विभिन्न कोषको रकम तानेर अहिले खर्च जुटाउनुपर्ने अवस्था सिर्जना भएको छ। यो गम्भीर संकटको अवस्था हो।

कोरोना संक्रमण रोकथाम गर्न लागू भएको बन्दाबन्दीका कारण सरकारको राजस्व संकलनमा गम्भीर असर पुगेको छ। चैत मसान्तमा तिर्नुपर्ने राजस्व तिर्ने अवधि लम्ब्याएको सरकारले बन्दाबन्दी लम्बिँदै गएपछि जेठ २५ भित्र राजस्व उठाउन खोजेको थियो। तर जनस्तरबाट व्यापक विरोधपछि असारको पहिलो सातासम्मको अवधि थपेको छ।

यसैबीच सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको एक महिनापछि जरिवाना बिना कर तिर्न सक्ने आदेश सरकारको नाममा जारी गरेको थियो। गत शुक्रबार उक्त आदेशमा पुनर्विचार गर्न आन्तरिक राजस्व विभागको भ्याकेटलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले खारेज गरेपछि सरकारलाई राजस्व संकलन गर्न झन कठिन भएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

वि.सं.२०७७ असार ३ बुधवार ०७:५३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...