back
NMB ad

यस्तो छ सरकारले सार्वजनिक गरेको बिजुलीको नयाँ महशुल दर, कुन क्षेत्रलाई कति ?

Kumari bank ad

काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत प्राधिरकणको प्रस्तावलाई केही हेरफेर गरि बिजुलीको नयाँ महशुल दर कायम गरेको छ । आयोगले असार १ गतेदेखि नै लागू हुने गरि विजुलीको महशुलदर समायोजन गरेको हो ।

आयोगले घरायसी ग्राहकको विद्युत् महशुल दर साविकको तुलनामा घटाएर समायोजन गरेको छ । आयोगकाअनुसार अब ५ एम्पियर लाइन लिएर मासिक न्यूनतम १० युनिटसम्म खपतगर्ने ग्राहकले निःशुल्क रुपमा बिजुली पाउने छन् । तर उनीहरुले मासिक रू.३० डिमान्ड शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै ११ देखि २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले प्रतियुनिट रू.३ विद्युत् महशुल तिर्र्नुपर्ने छ । उनीहरुले डिमान्डशुल्क रू.३० तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरि २१ देखि ३० युनिटसम्म खपतगर्ने ग्राहकले रू.५० इनर्जी शुल्कसहित प्रतियुनिट रू.६ र ५० पैसाका दरले विजुलीको महशुल तिर्नुपर्ने छ । साथै योभन्दा बढी विद्युत् खपत गर्नेलाई तोकिएको बमोजिम महशुल निर्धारण गरिने छ ।

आयोगले घरायसी १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म विजुलीलाइन लिने ग्राहककालागि फरक– फरक महशुल दर निर्धारण गरेको छ ।

प्राधिरणले प्रस्ताव गरेको विद्युत् महशुलमाथि आयोगले सरोकारवालाहरुको राय सुझाव, सार्वजनिक सुनुवाई लगायतका प्रक्रिया पुरा गरेर महशुल दर सार्वजनिक गरेको हो । साथै प्राधिरकणको आम्दानी, खर्च लगायतका विषयलाई पनि दृष्टिगतगर्दै नयाँमहशुल निर्धारण गरिएको आयोगको भनाइ छ ।

बिशेषगरि लामो समयदेखि औद्योगिक क्षेत्रमा विवादमा रहेको डेडीकेटेड र ट्रंकलाइनबापत महशुलदर यसपटक खारेज गरिएको छ । प्राधिकरणले डेडीकेटेड र ट्रंकलाइनबापत पनि महशुल उठाने गरि प्रस्ताव गरेको थियो । तर आयोगले भने त्यसलाई हटाइदिएको छ । आयोगका सदस्य राम प्रसाद धितालले त्यस बापतको महशुल दर खारेज गरिएको बताए ।

लोडसेडिङ हुने समयमा उद्योगहरुले डेडिकेटेड र ट्रंकलाइनबापत बढी महशुल तिरेर २४ सै घण्टा बजुली उपभोग गरिरहेका थिए । तर अहिले लोडसेडिङ हटीसकेको अवस्थामा उक्त व्यवस्था खारेज गरिएको सदस्य धितालको भनाइ छ । व्यवसायीहरुले उक्त व्यवस्था हटाउन माग गरेका थिए ।

यस्तै सामुदायिक खानेपानी र सिचाईमा बिजुलीको प्रयोग गर्दा लाग्ने डिमान्ड शुल्क पनि खारेज गरिएको छ । कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने गरि सिचाईमा डिमान्ड शुल्क हटाइएको आयोगको भनाइ छ । साथै, इन्डक्सन चुलोको प्रयोगमा प्रोत्साहन गर्ने गरि पनि महशुलदर समायोजन गरिएको आयोगले बताएको छ ।

त्यसैगरी आयोगले पहिलो पटक विद्युतीय गाडी चार्ज गर्दा लाग्ने महशुल दर पनि निर्धारण गरेको छ । प्राधिरकणको प्रस्ताव बमोजिमनै महशुलदर निर्धारण गरिएको हो ।आयोगका सदस्य धितालले समग्रमा विद्युत् खपत बढाउने गरि महशुल दर निर्धारण गरिएको बताए ।

‘समग्रमा बिजुलीको महशुल दर १० प्रतिशतले घटेको छ । यसले खपतबढाउन सहयोग पुग्ने अपेक्षाछ,’ उनले भने, ‘खपत बढ्यो भने प्राधिकरणको आम्दानी पनि बढ्छ ।’-आर्थिक अभियानबाट

कुन क्षेत्रलाई कति महशुलदर ?

वि.सं.२०७७ असार ३ बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...