back
NMB ad

स्वाव संकलन गरेको १७ दिन बित्दा समेत पिसिआर रिपोर्ट आएन

Kumari bank ad

थम्मन थापा, बागलुङ । गलकोट नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा रहेका नागरिकहरुको गत जेठ १३ देखि १८ गते सम्मका स्वाव संकलन गरेर पोखरा पठाइयो । स्वाव पठाएको १७ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट आएको छैन ।

रिपोर्ट नआउँदा क्वारेन्टाइनमा रहेका नागरिकहरु चिन्तित त बनेका छन् नै स्थानीय सरकारलाई समेत यसले चिन्ता बढाएको छ । गलकोट नगरपालिका बाट ८० जनाको स्वाव पोखरा स्थित स्वस्थ विज्ञान प्रतिषठानमा चेक जाँचको निम्ति पठाइएको हो ।

लामो समय भई सक्दा पनि रिपोर्ट नआउनुले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई मानसिक रूपमा असर पुगेको र उनीहरूमा निराशा पैदा हुन थालेको भन्दै गलकोट नगरपालिकाले चिन्ता व्यक्त गरेको छ ।

दिनहुँ नगर भित्र छिमेकी मुलुक भारत बाट नागरिकहरु भित्रिने क्रम पनि बढेको छ । निर्माण गरिएका क्वारेन्टाइनहरु भरी भराउ छन् जसले गर्दा स्वास्थ्य सुरक्षा र व्यवस्थापकीय चुनौती उत्तिकै थपिन थालेको छ । गलकोट नगरपालिकाले यो विषयमा सम्बन्धित निकायमा पहल गरिरहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

हामीले पटक पटक यो विषयमा के भइरहेको छ भनेर बुझ्ने कोसिस गरेउ तर सम्बन्धित निकायबाट चित्त बुझ्दो जवाफ पाउन सकेनौं नगर प्रमुख गैरेको भनाई छ ।

यता नगरपालिकालाई क्वारेन्टाइनमा रहेका नागरिकका घर परिवार, आफन्त, सम्बन्धित वडाका जनप्रतिनिधि र क्वारेन्टाइन व्यवस्थापन समितीले दिनहुँ भेटेर हुन्छ या टेलिफोन मार्फत सोधपुछ गर्न थालेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताइन् ।

गलकोट नगरपालिकाका विभिन्न विद्यालयका क्वारेन्टाइनमा रहेका एक नागरिकले यतिका दिन विती सक्दा पनि सरकारले रिपोर्ट दिन नसक्नु आफैमा लज्जास्पद र दुःखद कुरा भएको गुनासो गरे, हामी त कतै हाम्रो सरकार नै छैन कि भन्ने अनुभूति गरिरहेका छौं ।

गलकोट नगरपालिका बाट केही दिन पहिले पुनः ७४ जनाको स्वभाव संकलन गरी पोखरा पठाइएको छ । लामो समय सम्म रिपोर्ट नआउँदा क्वारेन्टाइन अवधि स्वत लम्बिँदा स्थानिय तहमा खर्च समेत वृद्धि हुने देखिएको छ ।

वि.सं.२०७७ असार ३ बुधवार १२:२२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...