काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ लाख ७९ कित्ता बोनस शेयर सूचीकृत भएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ५ लाख ७९ हजार ५३८ दशमलव ८० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यो शेयर लगानीकर्ताले बजार खुलेपछि खरीदविक्री गर्न सक्नेछन् ।
वि.सं.२०७७ असार ३ बुधवार १२:२८ मा प्रकाशित