back
NMB ad

आधा दर्जन कम्पनीको १२ करोड ८३ लाख कित्ता हकप्रद शेयर पाइपलाइनमा

Kumari bank ad

काठमाडौं । आधा दर्जन (६ वटा) कम्पनीको १२ करोड ८३ लाख ९९ हजार २२६ दशमलव ५ कित्ता हकप्रद शेयर पाइपलाइनमा रहेको छ । ती ६ ओटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड( सेबोन) मा हकप्रद शेयर निष्कासन गर्नको लागि निवेदन दिएका छन् ।

श्रीराम सुगर मिल्स, हाइड्रो ईलेक्ट्रिसीटी, समृद्धि फाइनान्स, बरुण हाइड्रोपावर, नेपाल फाइनान्स र ङादी ग्रुप पावरले हकप्रद शेयर निष्कासन गर्नको लागि निवेदन दिएका हुन् ।

सबैभन्दा धेरै कित्ता हाइड्रो ईलेक्ट्रिसिटी इनभेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि निवेदन दिएका हुन् ।

दुई ओटा कम्पनीको हकप्रद शेयर आउदै

दुई ओटा कम्पनीको हकप्रद शेयर आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएसँगै हकप्रद विक्रीमा आउने भएको हो । अपि पावर कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्कासन गर्नेछन् ।

अपि पावर कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि २०७६ फागुन १२ गते सेबोनको स्वीकृती पाएको थियो । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिट लिमिटेड रहेको छ ।

हाल उक्त कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १९ करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाट पश्चात पूँजी रू. १ अर्ब ७५ करोड ७७ लाख पुग्नेछ ।

त्यसैगरी सिभिल लघुवित्तले ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि स्वीकृती पाएको छ । सेबोनबाट हकप्रद शेयर निष्कासन गर्नको लागि विसं २०७६ फागुन १४ गते स्वीकृती पाएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा सेञ्चरी क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ११ करोड ४१ लाख रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू. २२ करोड ८२ लाख पुग्नेछ ।

वि.सं.२०७७ असार ३ बुधवार १७:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...