काठमाडौं । शिक्षक सेवा आयोगले अत्यन्त जरुरी सूचना निकालेको छ । आयोगले पुनर्योग तथा विवरण सच्याउने सम्वन्धी सूचना निकालेको हो ।
आयोगद्वारा स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स)का नतिजा प्रकाशन हुँदा सफल उम्मेदवाररुको व्यक्तिगत विवरण फरक परेको भए संलग्न निवेदनमा पुरा विवरण भरी आयोगको इमेल [email protected] मा पठाउने अनुरोध गरेको छ ।
यस्तै लिखित परीक्षा नतिजा पुनर्योग गर्न चाहाने परीक्षार्थीले असार १२ गते भित्र आयोगको इमेलमा पुरा विवरणका साथ संलग्न ढाँचा अनुसारको निवेदन, २५० को राजश्व दस्तुर दाखिला गरेको सक्कली भौचरको इस्क्यान प्रति इमले [email protected] मा पठाउन पर्ने आयोगले जनाएको छ ।
आयोगले बुधबार प्रावि तह अन्तर्गतका विभिन्न जिल्लाका शिक्षक लाइसेन्सको नतिजा प्रकाशन गरेको थियो ।
विस्तृतका जानकारीका लागि सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार ४ बिहीवार १४:१७ मा प्रकाशित