back
NMB ad

‘नेपाल अब भिखारी मुक्त भइसक्यो, कोही भोकले मर्दैन’ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालमा कोही भोको नपर्ने र कोही भोकले नमर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

‘यो जनताको सरकार हो । त्यसकारण कोही भोकै पर्दैन र कोही भोकले मर्देन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘खाना र आवासबिना नेपाली अलपत्र परेर त्यसरी बस्नु पर्दैन। यी दुई वर्षमा कम्तिमा हामीले यी प्रबन्ध गरेका छौँ।’

ओलीले २१ शताब्दीमा कसैका छोराछोरी कुकुरसँग सडकमा सुत्नुपर्ने अवस्थाको अन्त्य भएको प्रष्ट पार्नुभयो । उहाँले यो सरकार सडक बालबालिकाको समेत भएको बताउनुभयो । उहाँले आफूले प्रधानमन्त्री बने लगत्तै यो कुरा बताएको प्रष्ट पार्नुभयो ।

‘२१ औं सताब्दीका मान्छेका छोराछोरीहरु कुकुरसँगै सडकमा बेहालसँग व्यवहारिसे अभिभावकबिहीन भएर भोकै सुतेको लम्पसार परेको तपाईं हामीले देख्थ्यौँ। तर, आज ति बालबालिका देख्नु भएको छ ?’, प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस्ता बालबालिकाको पनि सरकार हो भनेर मैले प्रधानमन्त्री हुने बित्तिकै भनेको थिएँ। सँगै ओलीले नेपाल अब भिखारी मुक्त भएको बताउनुभयो ।

‘नेपाली समाजलाई भिखारीमुक्त बनाउने अभियान सफल भएको छ । नेपाल एउटा सडक बालबालिका नभएको देश हो। भिखारी मुक्त देश हो’, उहाँले भन्नुभयो, ‘नेपालमा बाच्नका लागि कसैले हात थापेर भिख माग्नु पर्दैन। कुनै महिलाले एउटा बच्चा बोकेर भिख माग्नु पर्दैन।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उपचारविधि र प्रतिरोधी क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम रहेको ओलीको भनाइ छ।

ओलीले तथ्यांकमा २० जनाको मृत्यु भएको देखिए पनि अधिकांश कोरोनाका कारण नमरेको दाबी गर्नुभयो उहाँले डब्ल्यूएचओको मान्यताका कारण मृत्युपछि संक्रमण पुष्टि भएकालाई कोरोनाकै कारण मृत्यु भएको भन्नु परेका बताउनुभयो । प्रधानमन्त्री ओलीले मृत्यु संख्या अन्य देशको भन्दा नेपालको कम भएको समेत दाबी गर्नुभयो ।

वि.सं.२०७७ असार ४ बिहीवार १५:३१ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...