back
NMB ad

सहकारीमैत्री नीति निर्माण गर्न बागलुङ नगरपालिकालाई जिल्ला संघको आग्रह

Kumari bank ad

सिर्जना पन्त, बागलुङ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सहकारी क्षेत्रलाई प्राथमिकता दिन जिल्ला सहकारी संघ लिमिटेड बागलुङले बागलुङ नगरपालिकालाई आग्रह गरेको छ ।

नेपालको संविधान २०७२ को भावना अनुसार सहकारी क्षेत्रको भूमिका देखिने गरी नीति तथा कार्यक्रम बजेट बनाउन भन्दै जिल्ला सहकारी संघले बिहीवार १५ बुदे सुझावपत्र पेश गरेको छ ।

सुझाव पत्र पेश गर्दै संघका अध्यक्ष दिपक गौतमले समृद्ध नगरपालिका निर्माणका लागि सहकारीहरु साझेदार बन्न तयार रहेको बताउनु भयो । उहाँले नगरपालिकाले संविधानको मर्म र भावना अनुसार तीन खम्बे अर्थनीतिको जगमा रहेर नीति निर्माण गर्ने र सहकार्य गर्ने विषयमा ध्यान दिनु पर्छ ।

जिल्ला सहकारी संघले स्थानीय तहको आगामी वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा स्थानीय राजस्व परामर्श समितिमा सहकारी क्षेत्रको समेत पदेन सदस्य हुने ब्यबस्था गर्नुुपर्ने, वित्तीय सेवाको पहुँच बिस्तार गर्न तालिम शिक्षामा बजेट बिनियोजन गर्नुपर्ने, सहकारी संघ÷संस्थाहरूलाई एकिकरणका लागि प्रोत्साहित गर्न स्थानीय सरकारले लिने बिभिन्न प्रकारका दस्तूर एबम करमा छुट लगायतका अन्य सुविधाहरू उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, विभिन्न निकायहरूबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता सहकारीबाट वितरण हुने व्यवस्था गर्नु पर्ने सुझाव पत्रमा उल्लेख गरिएको छ ।

यस्तै सहकारी क्षेत्रको प्रवद्र्धनका लागि पालिकाबाट विनियोजन हुने वजेटको कम्तीमा ५ प्रतिशत सहकारी क्षेत्रका लागि छुटाउने व्यवस्था गरिनु पर्ने, सहकारी मार्फत संभाव्यताको आधारमा “एक पालिका एक उत्पादन” मोडलमा जग्गा बाँझो नहुने गरी सहकारी खेती फार्मको प्रवद्र्धन हुनुपर्ने, कृषि जमीनमा कृषकको पहुँच बिस्तार गर्न सहकारी मार्फत करार खेती, कौसी खेती, चक्लाबन्दी र सामूहिक खेतीलाई बिशेष प्रोत्साहन गर्दै भूमि बैंक मार्फत खेती र शीतभण्डार निर्माणमा अनुदान दिनुपर्ने सुझाव संघले नगरपालिकालाई दिएको छ ।

यसैगरी वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई उनीहरुको शीप, ज्ञान तथा क्षमताको उपयोग हुने गरी उद्यम तथा सहकारी फार्म (खेती) संचालन गरी मुलुकमै उत्पादन वृद्धिका लागि आवश्यक पूर्वाधार विकास, प्रविधि, कृषि यन्त्र उपकरणमा स्थानीय सरकारको बित्तीय श्रोतमा सहकारी बैंक मार्फत स्व–रोजगार कार्यक्रम सञ्चालन गरिनुपर्ने, गरीबिको परिचयपत्र प्राप्त गरेका नागरिकलाई स्थानीय तह मार्फत क्षमता अभिबृद्धि गराई सहकारी मार्फत पालिकाको बित्तीय श्रोतमा सहकारी बैंक मार्फत गरीब न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।

महामारीको विषम परिस्थितिमा दैनिक आवश्यकताका वस्तुहरु नियमित उपलव्ध गराई कालोवजारी रोक्नका लागि भूमिका खेलेको हुदा कृषि तथा उपभोक्ता सहकारी संस्थाहरुलाई थप सशक्त वनाउन नगरपालिका भित्र एक सहकारी सुपथ मूल्य पसल सञ्चालन गर्न बिशेष प्याकेज घोषणा गरिनुपर्ने, कृषि जमीनमा कृषकको पहुँच बिस्तार गर्न सहकारी मार्फत करार खेती, कौसी खेती, चक्लाबन्दी र सामूहिक खेतीलाई बिशेष प्रोत्साहन गर्दै भूमि बैंक मार्फत खेती र शीतभण्डार निर्माणमा अनुदान दिनुपर्ने र सहकारी क्षेत्रलाई आवश्यक पर्ने बित्तीय/प्राबिधिक सहयोग उपलब्ध गराउनको लागी नगरपालिकाको स्वामित्व रहने गरी सिँगो सहकारी अभियानको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडमा न्यूनतम १ लाख रुपैयाको शेयर खरिद गरी खाता समेत खोलेर कारोवार गर्नुपर्ने सुझाव जिल्ला सहकारी संघले बागलुङ नगरपालिकालाई दिएको छ ।

जिल्ला सहकारी संघले तयार पारेको सुझाव ग्रहण गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले समृद्ध नगरपालिका निर्माणका लागि सहकारी अभियानसंग नियमित सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सहकारी क्षेत्रलाई उत्पादन, प्रशोधन र बजारीकरणमा जोड्नका लागि के गर्न सकिन्छ ? सहकार्य गरेर अगाडि बढौ, नगरप्रमुख पौडेलले भन्नुभयो ।

एक पालिका एक उत्पादनका विषयमा सहकारी लगायत सबैसंग छलफलको क्रममा रहेको जानकारी दिदै उहाँले एक सहकारी एक उत्पादनका योजना बनाएर अगाडि बढ्न सहकारी अभियानलाई सुझाव दिनुभयो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले नगरपालिकामा सञ्चालित सहकारीहरुको नियमन, प्रद्धर्वन र विकासको काम नगरपालिकाको भएकाले नीति कार्यक्रम र बजेट स्पष्ट देखिने गरी सम्बोधन गर्न आग्रह गर्नु भयो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले नगरप्रमुख पौडेललाई सुझाव पत्र प्रदान गर्नु भएको थियो । १५ बुदे सुझावमा भएका विषयहरुका बारेमा संघका सचिव तेजेन्द्र बहादुर थापा मगरले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी, संघका कोषाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु), संघका सञ्चालक तथा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका लेखा समिति सदस्य खीमबहादुर कार्की, संघका सञ्चालकहरु ध्रुवप्रसाद शर्मा, रतनप्रसाद मलेपति, सुनिता विश्वकर्माले सहकारी अभियानका सुझाव कार्यान्वयन गरी सहकार्यका साथ अगाडि बढनु पर्नेमा जोड दिनुभएको थियो ।

वि.सं.२०७७ असार ४ बिहीवार १७:३० मा प्रकाशित

You can share this post!

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ साउन ९ बुधवार २१:१३

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

वि.सं.२०८१ साउन ९ बुधवार २१:०४

हेटौँडा, ९ साउनः मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...